काठमाडौं- आइतबारबाट अवकाश हुने प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई शनिबार टुँडीखेलस्थित सैनिक मञ्चमा उच्च सम्मानस्वरुप कवाज प्रदान गरि जंगी अड्डामा आयोजित विशेष समारोहका साथ बिदाई गरिएको छ।
प्रधानसेनापति क्षत्रीले २४ भाद्रबाट पदावधिको हदले नेपाली सेनाबाट अवकाश प्राप्त गर्ने हुँदा नेपाली सेनाको प्रचलित परम्परा अनुसार क्षत्रीलाई बिदाई गर्न विशेष समारोहको आयोजना गरिएको हो। क्षेत्रीले नेपाली सेनामा सहायक सेनानी दर्जाबाट प्रवेश गरी देश, जनता र संविधानको रक्षाको लागि सधैं समर्पित भई करिब ४० वर्षसम्म अनवरतरुपमा सेवा गरेका थिए।
कार्यक्रमको शुभारम्भमा प्रधानसेनापति क्षत्रीको सम्मानमा टुँडीखेलस्थित सैनिक मञ्चमा ईज्जत अर्पण कवाज प्रदान पश्चात जंगी अड्डामा आयोजित समारोहमा प्रधानसेनापति क्षत्री र कायम मुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापाले आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए।
सोही अवसरमा प्रधानसेनापति क्षत्री तथा कायममुकायम प्रधानसेनापति थापाले सम्झना स्वरुप उपहार आदानप्रदान समेत गरेका थिए।
कायममुकायम प्रधानसेनापति थापालाई भोली आइतबा नेपाली सेनाका परमाधिपति तथा राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति भवन, शितलनिवासमा महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४