शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बेगनासमा डुंगा पल्टियो: दुर्इ जनाको मृत्यु, चार बेपत्ता

बेगनासमा डुंगा पल्टियो: दुर्इ जनाको मृत्यु, चार बेपत्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
पोखरा- पोखरास्थित बेगनास तालमा नौ जना सवार डुंगा पल्टिँदा दुर्इ जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन्। 

मृत्यु हुनेमा पोखरालेखनाथ महानगरपालिका-२८ की कृष्णकुमारी बजगाइँ र जमुना कडेंल रहेको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाले नेपाल समयलार्इ जानकारी दिए। बजगाइँको लेखनाथ सामुदायिक अस्पताल र कडेंलको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

डुंगामा सवार तीन जनाको भने जिवितै उद्दार गरिएको छ। उद्दार गरिएका सपना खनाल, निशा पौडेल र कमलराज कडेंललार्इको यतिबेला लेखनाथ समुदायिक अस्पतालमा उपचार भइरहेको रानाले बताए।

बेगनासका स्थानीय गणेश कंडेलको घरमा दर खान आएका आफन्तहरु डुंगामा ताल घुम्न गएको एक स्थानीयले जानकारी दिएका छन्। डुंगामा ताल घुम्ने क्रममा एक जना बच्चा तालमा खसेको र उनलाई बचाउन खोज्दा डुंगा नै पल्टिएको प्रहरीले जनाएको छ। 

ढुंगा पल्टिएको देखेपछि एक जलारी किशोरीले आफन्तसहित पुगेर उद्दार गरेकी थिइन्।  बेपत्ता भएकाहरूको खोजी भइरहेको प्रहरी प्रमुख रानाले जानकारी दिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।