शुक्रबार, साउन १, २०८३

हेलिकोप्टर दुर्घटना: एक महिला जिवितै, ६ जनाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
गोरखा- एक जना पाइलटसहित ७ जना यात्रु बोकेको एएस३५० बी३र्इ अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ भने एक जना महिला घाइते भएकी छन्। 

सामागाउँबाट बिहान ७ बजेर ४० मिनेटमा उडेको हेलिकप्टर धादिङ र नुवाकोटको सीमा क्षेत्र मेगाङ्मा दुर्घटना भएको सामागाउँ प्रहरी चौकीले जनाएको छ। 

ज्यान गुमाउनेहरुमा पाइलट निश्चल केसी, जापानी नागरिक हिरोमी कोमात्सु, रामेछापका दिल्लीबहादुर गुरुङ, दोलखाका हिरा शेर्पा, सिन्धुपाल्चोकका सुनिल तामाङ र गोरखाका छोवाङ नुर्बु रहेको अल्टीच्युड एयरकी प्रबन्ध निर्देशक नुरु शेर्पाले बताएकी छन्। 

गोरखाकी आनी डोल्मा डिकी भने गम्भीर घाइते भएको उनले बताइन्। उनलार्इ उपचारका लागि सदरमुकाम ल्याएको जनाइएको छ। 

क्याप्टेन निश्चल केसीले उडाएको हेलिकोप्टर बिहान ८ बजेबाट टावरसँगको सम्पर्क टुटेको थियो। 

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी सहायक निरीक्षक प्रलाद चौधरीका अनुसार धादिङबाट गएको प्रहरीको टोली घटनास्थल पुगिसकेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।