शुक्रबार, साउन १, २०८३

दिल्लीमा प्रचण्ड र मोदीबीच विशेष भेटवार्ता 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं : भारत भ्रमणमा रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष भेटवार्ता गरेका छन् । 

बिहीबार दिल्ली पुगेका प्रचण्डले शनिबार दिउँसो मोदीसँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा दुई देशबीचको सम्बन्ध र नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे विस्तृत छलफल भएको बताइएको छ। 
बिमिस्टेक सम्मेलनपछि अचानक दिल्ली पुगेका प्रचण्डको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । दिल्लीमा उनको भ्रमणलाई दिएको सम्मान र उच्चस्तरीय भेटवार्ताले राजनीतिक र कुटनीतिक दुवै वृत्तमा उनको भ्रमणलाई महत्वका साथ हेरिएको हो। 

शुक्रबार प्रचण्डले गृहमन्त्री राजनाथ सिंहलगायत भारतीय जनता पार्टीका नेताहरुसँग भेटवार्ता गरेका थिए । भेटमा दुई देशबीचको राजनीतिक, आर्थिक र सुरक्षाका विषयमा छलफल भएको बताइएको छ ।

प्रचण्ड दिल्ली पुगेकै दिन बेलुका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले उनको सम्मानमा रात्रिभोज आयोजना गरेका थिए ।

भारतीय प्रधानमन्त्री मोदीसँगको भेटपछि प्रचण्डले भारतीय विदेश मन्त्री शुष्मा स्वराजलार्इ भेट्नुभएको छ । केहीबेर अघि शुरु भएको भेटवार्ता जारी छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।