आइतबार, साउन १७, २०८३

देउवाले भने- हँसियाहथौडामा भोट हाल्दैछु, कलम र रुख एकै हो

‘हँसियाहथौडामा म नै मत हाल्दैछु। संविधान र लोकतन्त्र जोगाउन हँसियाहथौडा र कलमका साथीहरुले रूखमा र रुखका साथीहरुले हँसियाहथौडा र कलममा मत हाल्नुस्,' देउवाले निर्देशन जारी गरे, ‘कांग्रेसका साथीहरुले अविश्वास गर्ने काम नै छैन। आजको दिनमा हँसियाहथौडा, कलम र रूख एकै हो।’
 |  मंगलबार, कात्तिक १, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १, २०७९

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले हँसियाहथौडामा भोट हाल्ने बताएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कांग्रेसले आफूहरूको चिह्नमा मतदान नगर्ने गुनासो गरेपछि देउवाले उनीहरूलाई आश्वस्त बनाउने प्रयास गरेका हुन्।

ललितपुरमा सत्ता गठबन्धनले मंगलबार आयोजना गरेको निर्वाचन परिचालन अभियानमा सम्बोधन गर्दै शीर्ष नेताहरूले यस्तो बताएका हुन्। ‘हँसियाहथौडामा म नै मत हाल्दैछु। संविधान र लोकतन्त्र जोगाउन हँसियाहथौडा र कलमका साथीहरुले रूखमा र रुखका साथीहरुले हँसियाहथौडा र कलममा मत हाल्नुस्,' देउवाले निर्देशन जारी गरे, ‘कांग्रेसका साथीहरुले अविश्वास गर्ने काम नै छैन। आजको दिनमा हँसियाहथौडा, कलम र रूख एकै हो।’

यसअघि बोलेका प्रचण्डले कांग्रेसभित्रको असन्तुष्ट पक्षले आफ्ना चुनाव चिन्हमा मत नहाल्ने संकेत गरेको उल्लेख गर्दै आफूहरूका उम्मेदवारप्रति कुनै आग्रह र पूर्वाग्रह नराख्न अनुरोध गरेका थिए।

‘हँसिया हथौडाले रूखमा कसरी भोट हाल्ने? रूखले हँसिया हथौडामा कसरी भोट हाल्ने? अहिले यस्तो आग्रह–पूर्वाग्रह हुने गरेको कुरा सुनेको छु तर यो अर्थहीन छ,’ प्रचण्डले भने, ‘म तपाईंहरूलाई स्मरण गराउन चाहन्छु– हामीले धेरै पहिले नै रूख र हँसिया हथौडालाई एक बनाइसकेका हौं। जतिबेला हामीले शान्ति सम्झौता गर्‍यौं, त्यो बेला सात दलका तर्फबाट कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र माओवादीबाट मैले हस्ताक्षर गरेको थिएँ। त्यो भनेकै मैले रूखमा र गिरिजाप्रसाद कोइरालाले हँसिया हथौडामा छाप हाने बराबर हो।’

एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि गठबन्धनमा आवद्ध दलबीच बलियो सहकार्य र समन्वयले मात्रै चुनावमा परिणाम निकाल्न सकिने बताए। प्रचण्ड-माधवको चिन्तापछि देउवाले लोकतन्त्र जोगाउन हँसियाहथौडा र कलममा भोट हाल्न उनले कार्यकर्तालाई निर्देशन दिए। 

प्रकाशित: Oct 18, 2022| 16:18 मंगलबार, कात्तिक १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...