आइतबार, जेठ ६, २०८१

बेन्जेमाले सपना पूरा गरेको वर्ष

बालोन डी'ओरको मनोनयनमा परेका रोनाल्डोले पनि अवार्ड जित्ने सम्भावना न्यून थियो। रोनाल्डो आफ्नो पुरानो क्लब म्यान्चेस्टर युनाइटेडमा फर्किए। तर बसाइ सुखद् हुन सकेन। शून्य उपाधि, युरोपा लिगमा छनोट नहुनुजस्ता कारणले रोनाल्डोका लागि सम्झनलायक वर्ष हुन सकेन।
 |  मंगलबार, कात्तिक १, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

मंगलबार, कात्तिक १, २०७९

काठमाडौं- फ्रान्सको राजधानी पेरिसमा सोमबार राति एक ठूलो समारोहबीच यस वर्षको सर्वोत्कृष्ट खेलाडीको अवार्ड बालोन डी'ओर विजेता घोषणा गरियो। बालोन डी'ओर यसपटक नयाँ अनुहारले जित्यो र उनी हुन् स्पेनिस महारथी क्लब रियल मड्रिडका फ्रान्सेली फर्वाड करिम बेन्जेमा। वायर्न म्युनिखका फर्वाड साडियो माने र म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डेब्रुएनालाई पछि पार्दै उनले यो अवार्ड आफ्नो पोल्टामा पारे। 

triton college

फ्रान्सका अर्का लिजेन्ड फुटबलर जिनेदिन जिदानको हातबाट उनले आफ्नो पहिलो बालोन डी'ओर ग्रहण गरे। योसँगै उनी यो अवार्ड जित्ने पाँचौं फ्रेन्च खेलाडी बनेका छन्। यसअघि रायमोन्ड कोपा, मिचेल प्लाटिनी, जिन पिरेरा पापिन र जिनेदिन जिदानले फ्रेन्च खेलाडीको रुपमा बालोन डी ओर जितेका थिए। सन् १९९८ मा जिदानले जितेपछि कुनै पनि फ्रान्सेली खेलाडीले यो अवार्ड जितेका थिएनन्। त्यति मात्रै नभई उनले फुटबलमा राज गरेका दुई खेलाडी लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोको दबदबालाई पनि तोड्ने दोस्रो खेलाडी बने। यसअघि सन् २०१८ मा रियल मड्रिडकै लुका मोड्रिचले यो अवार्ड जितेका थिए।

अवार्ड जितेपछि खुशी व्यक्त गर्दै बेन्जेमाले यो अवार्ड जित्नु आफ्नो बालापनको सपना रहेको बताए। उनले भने, ʻम यो अवार्ड जित्दा धेरै खुशी पनि छु र गौरवान्वित पनि। बालापनमै मलाई यो अवार्ड जित्ने ठूलो सपना थियो। म यसकै बारेमा सोच्दै हुर्किएको थिएँ, जसले मलाई यहाँसम्म पुर्याउन प्रोत्साहन गर्यो।ʼ त्यस्तै उनले रोनाल्डो, नाजारियो र जिनेदिने जिदान आफ्नो रोल मोडल रहेको पनि बताए।

बेन्जेमाले यो अवस्थासम्म आइपुग्न आफ्नो र परिवारको लागि पनि सजिलो समय नभएको बताए। उनले भने, ʻयस्तो प्रतिष्ठित अवार्ड जित्दा मेरो परिवार पनि मदेखि धेरै खुशी छ। यहाँ आइपुग्नु मेरा लागि सपना थियो भने मेरो परिवार पनि यही चाहन्थे तर विगत त्यति सहज थिएन। मैले धेरै मेहनत गरेको छु। मेरो परिवारले ममाथि विश्वास गरेका थिए र मैले आज यो सपना पूरा गरेको छु। म भन्न सक्दिन कि कति खुशी छु भनेर।ʼ

जिदानले पनि बेन्जेमालाई बधाई दिँदै उनी राम्रो खेलाडी रहेको बताए। जिदानले भने, ʻबेन्जेमा वास्तवमै उत्कृष्ट खेलाडी हुन्। पछिल्लो वर्षको प्रदर्शनले त उनी आफूले के गर्न सक्छन् भन्ने प्रमाणित नै गर्दिए। म उनीप्रति खुशी र गर्व गर्छु। हामीले केही वर्ष सँगै काम गरेका थियौं। त्यही बेला उनीमा धेरै क्षमता छ भनेर मैले महसुस गरेको थिएँ।ʼ

corrent noodles
Metro Mart

अर्जेन्टिनी खेलाडी लियोनेल मेस्सी र पोर्चुगिज स्ट्राइकर रोनाल्डो फुटबलमा नाम चलेका दुई पात्र हुन्। करिब १५ वर्षदेखि दुईको नाममा फुटबल चल्यो। तर समय सधैं एकैनासे हुँदैन। मेस्सी बालोन डी'ओरको मनोनयनमै पर्न सकेनन्। खराब सिजन बिताएका मेस्सीले लिगमा १० गोल पनि गर्न सकेनन्। साथै, घरेलु प्रतियोगिता कोपा डे फ्रान्सेसानमा पनि हार बेहोरे। लिग वान र अर्जेन्टिनाबाट एउटा उपाधि जित्नुबाहेक मेस्सीका लागि सिजन खासै सम्झनलायक रहेन।

मनोनयनमा परेका रोनाल्डोले पनि अवार्ड जित्ने सम्भावना न्यून थियो। रोनाल्डो आफ्नो पुरानो क्लब म्यान्चेस्टर युनाइटेडमा फर्किए। तर बसाइ सुखद् हुन सकेन। शून्य उपाधि, युरोपा लिगमा छनोट नहुनुजस्ता कारणले रोनाल्डोका लागि सम्झनलायक वर्ष हुन सकेन। मेस्सी सर्वाधिक सात पटकका बालोन डीओर विजेता हुन् भने रोनाल्डोले पनि पाँच पटक यसलाई चुमिसकेका छन्। यी दुई स्टार यस वर्ष चल्न नसक्दा चम्केका बेञ्जिमा अहिलेका सबैभन्दा लयमा रहेका खेलाडी हुन्। 

बालोन डी'ओरको मनोनयनमा परेका रोनाल्डोले पनि अवार्ड जित्ने सम्भावना न्यून थियो। रोनाल्डो आफ्नो पुरानो क्लब म्यान्चेस्टर युनाइटेडमा फर्किए। तर बसाइ सुखद् हुन सकेन। शून्य उपाधि, युरोपा लिगमा छनोट नहुनुजस्ता कारणले रोनाल्डोका लागि सम्झनलायक वर्ष हुन सकेन।

मेस्सी र रोनाल्डोले विगतमा खेल्ने शैलीमा खेलेका बेञ्जिमाको यो वर्ष वास्तवमै खास छ। नयाँ सिजन सन् २०२२/२३  सुरु हुँदै दश गोलको आँकडा पार गरिसकेका ३४ वर्षे यी फर्वाडले पछिल्लो वर्ष ४६ खेलमा ४४ गोल र १५ असिस्ट गरे। उनका सबै गोल महत्त्वपूर्ण रहे। यो नै एक मुख्य आधार हो, जसले गर्दा बेञ्जिमालाई सिजनको उत्कृष्ट स्ट्राइकरका रूपमा घोषित गरियो। स्पेनिस ला लिगामा २७ गोल गर्दै उनले ला लिगाको गोल्डेन बुट जिते। साथै, युरोपियन च्याम्पियन्स लिगमा १५ गोल गर्दै त्यहाँ पनि उनी टप स्कोरर बने।

च्याम्पियन्स लिगमा ठूला क्लबविरुद्ध बेञ्जिमाले जसरी नतिजा कायापलट गरेका थिए त्यसबाट सबै हैरान बनेका थिए। उनले रियललाई कैयौं पटक हारको मुखबाट बचाएका मात्र छैनन्, असम्भव जितलाई पनि सम्भव बनाएका छन्। यसमध्ये च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलमा पीएसजीविरुद्ध गरेको ह्याट्रिक पनि हो। त्यो खेलको पहिलो लेगमा रियल १–० ले पछि थियो। आक्रामक टिम पीएसजीविरुद्ध रियलले दोस्रो खेलमा जित्न नसक्ने अनुमान गरियो। त्यसमाथि खेल २–० मा पुग्यो। झनै गाह्रो भयो किनभने, रियललाई जितका लागि तीन गोल आवश्यक थियो। बेञ्जिमाले अप्रत्यासित तीन गोल गर्दै टिमलाई क्वार्टरफाइनल पुर्याए।

उनको गति त्यतिमै सीमित भएन। रियललाई क्वार्टरफाइनल पुर्याएका बेञ्जिमाले त्यहाँ पनि जित निकाले। क्वार्टरफाइनलको पहिलो लेगमा उनले ब्याक–टु–ब्याक ह्याट्रिक गरे। रियलले चेल्सीविरुद्धको पहिलो लेग ३–१ ले जित्यो। दोस्रो लेगको खेलमा बेञ्जिमाले अतिरिक्त समयको अन्त्यमा हेडिङ गोल गर्दै टिमलाई सेमिफाइनल पुर्याउन विशेष भूमिका वहन गरे। दोस्रो लेगमा आफ्नो क्लब ३–२ ले पराजित भए पनि समग्रमा ५–४ जित निकाल्दै रियल सेमिफाइनल पुग्यो।

सेमिफाइनलमा रियलले प्रतिद्वन्द्वी पायो, म्यानचेस्टर सिटी। पहिलेजस्तै त्यो खेल पनि सहज थिएन। त्यो खेलमा गोलकिपर थियाउट कोट्वाको प्रदर्शन वाह भन्ने शैलीको रह्यो। तर रियलले पहिलो लेगमा जित निकालेन र ४–३ गोलले पराजित भयो। प्रिमियर लिगको दाबेदारसँग खेल्न सहज थिएन। विश्वकै उत्कृष्ट मानिएका प्रशिक्षक पेप ग्वार्डिओलाविरुद्ध टिम तयार गर्न कार्लो एन्सोलोटीलाई सहज थिएन।

उनले चुनौती स्वीकारे। पहिलो लेगमै पछि परिसकेको थियो, रियल मड्रिड। तर दोस्रो लेगमा रोड्रिगोले दुई गोल गरेपछि रियलले खेलमा ५–५ को बराबरी गर्न सकेको थियो। दोस्रो लेगको निर्धारित ९० मिनेटमा रियल २–१ ले अघि रहे पनि समग्रमा नतिजा ५–५ भयो। खेल अतिरिक्त समयमा धकेलियो।

अतिरिक्त समयको पहिलो हाफमा सिटीको पेनाल्टी एरियामा बेञ्जिमा लडे। जतिबेला उनी लडे, गोल स्कोरिङको अवस्थामा थिए। उनले प्रहार गरेको पेनाल्टीबाट रियलले समग्रमा ६–५ को अग्रता बनायो अनि दोस्रो लेगमा ३–१ को जित निकाल्यो। दुवै लेगमा एक–एक गोल गर्दै बेञ्जिमाले आफ्नो लयलाई कायमै राखे। बेञ्जिमाले गोलकिपर एडरसनविरुद्धको प्रहार गरेको पेनाल्टीले सर्वत्र चर्चा पायो, जुन जितको कारक थियो।

त्यो खेलले रियल मड्रिडमा क्रिस्टियानो रोनाल्डोको अभावलाई पूरै बिर्साइदिएको थियो। अनि रियलकै टिममा बसेर आज बेञ्जिमा कोसेढुंगा पार गर्न सफल भएका छन्। त्यो हो– रियलका पूर्वखेलाडी राउलको सर्वाधिक गोललाई पछि पार्नु। फ्रांन्कर्फटविरुद्धको युईएफए सुपर कपको फाइनलमा २–० को जित निकाल्दै उपाधि जित्ने क्रममा बेञ्जिमाले एक गोल गरे।

यसअघि राहुलले ७४१ खेलमा ३२३ गोल गर्दै रियल मड्रिडको दोस्रो टप स्कोरर बनेका थिए। तर सो स्थानमा अहिले बेञ्जिमा छन्। उनले ६०७ खेलमा ३२४ गोल गरिसकेका छन्। बेञ्जिमाको अबको लक्ष्य भनेको रियलको टप स्कोरर बन्ने हुनेछ। अहिले ४३८ खेल मात्रै खेलेर ४५० गोल गरेका क्रिस्टयानो रोनाल्डो रियलका शीर्ष गोलकर्ता हुन्। तर रोनाल्डोलाई उछिन्नु चानचुने विषय होइन। सायद बेञ्जिमालाई यो उमेरमा आएर कमै सम्भव होला। किनभने त्यसो हुन १२६ गोल आवश्यक छ। अहिलेजस्तो फर्ममा छन्, त्यसले उनको नाम शीर्षमा सुन्ने दिन कसो नआउला?

पछिल्लो दशकमा रियलमा ज-जसले खेले, उनीहरूले उपाधि जितेकै छन्। झन् क्लबमा दशक लामो बसाइ हुनेले त झन् धेरै जितेका छन्। त्यसो भए बेञ्जिमाले नजित्ने कुरै भएन। बेञ्जिमाले २०२२ मा मात्र चार उपाधि जिते। बेञ्जिमाले आफ्नो टिमलाई युरोपको च्याम्पियन बनाए। स्पेनको शीर्ष डिभिजनको लिग ला लिगा र स्पेनिस सुपर कप जिते। उनले भर्खरै जिते, सुपर कप। यी चारै उपाधिको श्रेय बेञ्जिमालाई जान्छ। बेञ्जिमाका लागि यी उपाधि नै बालोन डी’ओर जित्न पर्याप्त थियो।

- फुटबल ईएसपीएन, यूईएफए, युरो स्पोर्ट्स र नाइन्टी मिनेट्स डटकमको सहयोगमा

प्रकाशित: Oct 18, 2022| 15:04 मंगलबार, कात्तिक १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।