आइतबार, साउन १७, २०८३

देउवालाई 'लाइभ डिबेट'मा आउन ओलीको निम्तो

अध्यक्ष ओलीले सामाजिक सञ्जालमा पोस्ट गर्दै देउवालाई प्रत्यक्ष बहसका लागि चुनौती दिएका हुन्।
 |  मंगलबार, कात्तिक १, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १, २०७९

काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई ‘लाइभ डिबेट’मा आएर एजेन्डामा आधारित बहस गर्न चुनौती दिएका छन्।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमा पोस्ट गर्दै देउवालाई प्रत्यक्ष बहसका लागि चुनौती दिएका हुन्। ओलीले देउवा र आफूबीच धेरैले एजेन्डामा आधारित बहस हुनुपर्ने मत राखेको बताएका छन्।

ओलीले लेखेका छन्, ‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले ‘लाइभ डिबेट’मा आउन आग्रह गर्नुभएको छ। धेरैजसोले मेरो र कांग्रेस सभापति शेरबहादुर देउवाजीबीच एजेन्डामा आधारित बहसका लागि सुझाव दिनुभएको छ। निर्वाचनको समय पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ।’

ओलीले आफू बहसका लागि तयार रहेको बताएका छन्। यसका लागि देउवालाई पनि आग्रह गरेको उनको भनाइ छ।

‘म यस (बहस) का लागि तयार छु, देउवाजी नि!’ ओलीले देउवालाई चुनौती दिएका छन्।  

प्रकाशित: Oct 18, 2022| 14:46 मंगलबार, कात्तिक १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...