शुक्रबार, साउन १, २०८३

तीजको दर खाँदा 'फुड पोइजन', दुई सय बढी बिरामी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–काभ्रेको पाँचखालमा तीजको दर खाने दुई सय बढी सर्वसाधारण बिरामी परेका छन् । काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर १२ मा रहेको ग्रामिण स्वाबलम्बन सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्य तथा संस्थाका पदाधिकारीका लागि आयोजना गरेको तीज विशेष कार्यक्रममा दर खाने सर्वसाधारण बिरामी परेका छन् । 

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी दीपक गिरीले दिएको जानकारी अनुसार शुक्रबार सहकारीले पाँचखालको वडा नम्बर ९ स्थित ठूली चौरमा रहेको खुल्ला मैदानमा तीन विशेष कार्यक्रम आयोजना गरिएको थियो । सोही कार्यक्रममा सहभागि भएर दर खाने मध्ये दुई सय बढी बिरामी भएका छन् । 

‘हिजो दिउँसो दरको कार्यक्रम रहेछ । त्यो कार्यक्रममा चार सय बढी सहभागि भएको जानकारी आएको छ,’ डीएसपी गिरीले भने, ‘सोही कार्यक्रममा अलि बढी खाना खाने, बालबालिका तथा वृद्धवृद्धाहरु बिरामी परेका छन् ।’ दर खानेहरु राति दुई बजेपछि बिरामी परेको, उनीहरुलाई झाडा, बान्ता भएपछि स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको डीएसपी गिरीले बताए । 

स्थानीय विद्यालयमा शिविर चलाएर नै उनीहरुको उपचार गरिएको र धेरै उपचारपछि घर फर्किएको भन्दै डीएसपी गिरीले चिकित्सकहरुको भनाई उदृत गर्दै खानामा कुनै विषादीभन्दा पनि फुड पोइजनको समस्या रहेको देखिएको हो । 

सहकारीले आयोजना गरेको तीज विशेष दर कार्यक्रममा स्थानीय परिकारसहितको शाहाकारी भोजन तयार पारिएको थियो ।

सहकारीका अध्यक्ष भैरवप्रसाद सेढाँइले पनि स्थानीय ठाउँमै उत्पादन भएको तरकारी र पुलाउ तथा अन्य शाहाकारी परिकार बनाएर खुवाएको भन्दै कसरी धेरै मानिस बिरामी भए भन्नेमा आफूहरु अन्यौलमा रहेको बताए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।