आइतबार, साउन १७, २०८३

नेकपा एसका भक्तपुर अध्यक्ष बस्‍नेतको घरमा डाँका गर्ने पक्राउ

नेकपा एकीकृत समाजवादी (एस)का भक्तपुर जिल्ला अध्यक्ष श्याम बस्नेतको मध्यपुरथिमि–३, गठ्ठाघरस्थित घरको ढोका फोडी अपहरणको धम्की दिइ डाँका गर्ने समूहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  सोमबार, असोज ३१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३१, २०७९

काठमाडौं- नेकपा एकीकृत समाजवादी (एस)का भक्तपुर जिल्ला अध्यक्ष श्याम बस्नेतको मध्यपुरथिमि–३, गठ्ठाघरस्थित घरको ढोका फोडी अपहरणको धम्की दिइ डाँका गर्ने समूहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा उदयपुर उदयपुरगढी गाउँपालिका–७ घर भई हाल चाँगुनारायण बस्ने ४१ वर्षीय अम्बरबहादुर लामा र सङ्खुवासभा पाँचखपन–८ घर भई हाल काठमाडौँ जोरपाटी बस्ने ३२ वर्षीय सुवास भन्ने रविनकिशोर राई छन्।

उनीहरूको समूहले गत भदौ २५ गते राति ३ बजे बस्नेतको घर कम्पाउण्डको ढोका, घरको मूलढोका र बस्नेत सुत्ने कोठाको ढोकासमेत फोडेर घरका सदस्यलाई पेस्तोल ताकेर डाँका गरेका थिए। सो क्रममा अपहरणको धम्कीसमेत दिइएको थियो। घटनाको बेला बस्नेत काम विशेषले पोखरा गएका थिए।

प्रहरीले उनीहरूको साथबाट स्पेशल मेड इन इटाली लेखिएको पेस्तोल एक थान, सो पेस्तोलको म्याग्जिन एक थान, गोली दुई राउण्ड, खुकुरी एक थान, फलामको रड एक थानलगायत विभिन्न घरेलु औजार बरामद गरेको जनाएको छ।

पक्राउ परेका दुवै जनालाई चोरी तथा डाँकासम्बन्धी कसुर र हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि सोमबार जिल्ला प्रहरी परिसर भक्तपुरमा बुझाएको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए।

प्रकाशित: Oct 17, 2022| 23:10 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...