शुक्रबार, साउन १, २०८३

महोत्तरीमा लाखौंको लुटपाट, प्रहरी निरीह

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
महोत्तरी-महोत्तरीमा डाका समूहले गोली प्रहार गरी लाखौं मूल्य बराबरको धनमाल लुटपाट गरेको छ । महोत्तरीको भंगहा नगरपालिका-६ जमुनियामा गएराति करिब १२ बजे डाका समूहले गोली प्रहार गरी लुटपाट गरेको हो ।

डाँकाहरुको समूहले घेरा हाली स्थानीय अर्जुन भुजेलको एक घरमा २० मिनेटसम्म लुटपाट गरेको थियो ।

एक दर्जनको संख्यामा आएका अज्ञात हतियारधारी समूहले प्रहार गरेको गोलीको छर्रा लागेर अर्जुन भुजेल, उनकी श्रीमती ४२ वर्षीया अन्जु भुजेल, छोराहरु २५ वर्षीय अमित र १८ वर्षीय दीपेन्द तथा आफन्त सुमन बुढाथोकी घाइते भएका छन् । घाइतेहरुको बर्दिवासमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

डाँका समूहले सुन, चाँदीका गरगहना तथा २० हजार नगदसहित करिब ८ लाख मूल्यबराबरको समान लुटेको पीडित परिवारको भनाइ छ । भुजेल परिवारको घरमा लुटपाट भइरहँदा नजिकैको सशस्त्र र नेपाल प्रहरीको टोलीसँग सहयोग माग्दा प्रहरी जान डराएको स्थानीयको भनाइ छ ।

यता महोत्तरीका प्रहरी प्रमुख एसपी इश्वर कार्कीले घटनासम्बन्धी जानकारी पाएको १०/१५ मिनेट भित्र प्रहरी टोली घटनास्थल पुगेर उद्धारमा जुटेको दाबी गरे।
 
प्रहरी चौकी घटनास्थलभन्दा ५/६ किलोमिटरको दुरीमा रहेपनि जानकारी पाउनसाथ प्रहरी टोली तत्काल पुगेको नेपाल समयसँग कुराकानी गर्दै कार्कीले बताए।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको एसपी कार्कीले जनाएका छन् । घटनास्थलबाट सुतली बम र तीन थान गोलीको खोका बरामद भएको प्रहरीले जनाएको छ ।

त्यस क्षेत्रमा यसअघि पनि लुटपाटका घटनाहरु हुँदै आएको स्थानीयको भनाइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।