गोरखा-अल्टिच्युड एयरको हेलिकप्टर गोरखाबाट सम्पर्कबिहीन भएको छ । पाँच नेपाली र एक जापानी नागरिक बोकेको हेलिकोप्टर गोरखाको सामागाउँबाट शनिबार बिहान सम्पर्क बिहीन भएको हो ।
हेलिकोप्टरमा रामेछापका दिल्लीबहादुर गुरुङ, दोलखाका हिरा शेर्पा, गोर्खाका ल्होआनी डोल्पा डिकी, गोर्खाकै छोवाङ नुर्बु, सिन्धुपाल्चोकका सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु सवार थिए ।
क्याप्टेन निश्चल केसीले उडाएको हेलिकोप्टर बिहान ८ बजेबाट टावरसँगको सम्पर्कबाट टुटेको कम्पनीले जनाएको छ ।
गोरखाबाट काठमाडौं आउँदै गरेको हेलिकोप्टर सम्पर्कबिहीन भएपछदि अहिले कम्पनीले अर्को हेलिकोप्टरको प्रयोग गरी खोजी कार्य जारी राखेको छ ।
अल्टिच्यूड एयरका सञ्चालक सीताराम सापकोटाले नेपाल समयसँग भने, ‘हामीले सम्पर्कबिहीन भएको हेलिकोप्टरको खोजी कार्यलाई जारी राखेका छौं । हामीलाई प्राप्त सूचनाका आधारमा धादिङ र नुवाकोटको सीमा क्षेत्रमा रहेको मोघाङ गाउँपालिका नजिक हेलिकोप्टर देखिएको भनेर स्थानीयले दिएको सूचनाका आधारमा हाम्रो टोली परिचालिन भएको छ ।’
धादिङ र नुवाकोटको प्रहरी पनि घटनास्थल भनिएको मोघाङ गाउँपालिकातर्फ परिचालन भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी सहायक निरीक्षक प्रलाद चौधरीका अनुसार धादिङबाट गएको प्रहरीको टोली घटनास्थल पुग्न दुर्इ घन्टा लाग्नेछ । टोलीले त्यहाँ पुगेपछिमात्र घटनाबारे विस्तृत जानकारी दिन सक्ने चौधरीले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४