बुधबार, असोज १४, २०८३

चितवन–१ बाट उम्मेदवारी फिर्ता लिए बुर्लाकोटीले

चितवन क्षेत्र नम्बर १ मा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता राजेन्द्रप्रसाद बुर्लाकोटीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
 |  सोमबार, असोज ३१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३१, २०७९

काठमाडौं– चितवन क्षेत्र नम्बर १ मा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता राजेन्द्रप्रसाद बुर्लाकोटीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। उम्मेदवारी फिर्ता लिने औपचारिक समय सकिसकेकाले उनले सोमबार विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरेका हुन्। 

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँगको भेटपछि बुर्लाकोटी उम्मेदवारी फिर्ता लिन राजी भएका हुन्। उनले आफूलाई पार्टीले महत्वपूर्ण जिम्मेवारी दिने बताएको समेत उल्लेख गरेका छन्। उनले कांग्रेसका उम्मेदवार विश्व पौडेललाई जिताउन नेतृत्वदायी भूमिका खेल्नेसमेत बताएका छन्। 





प्रकाशित: Oct 17, 2022| 17:24 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...