शनिबार, वैशाख २२, २०८१

विश्वकप उपाधिमा अर्जेन्टिनाको नजर

लियोनल मेस्सीको कप्तानी तथा लियोनल स्केलोनीको प्रशिक्षणमा रहेको अर्जेन्टिना कोपा अमेरिका र फिनालिस्माको च्याम्पियन हुनुका साथै पछिल्लो समय गरेको उच्च प्रदर्शनका कारण विश्वकपको दाबेदार मानिन थालेको छ।
 |  बुधबार, कात्तिक २, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

बुधबार, कात्तिक २, २०७९

काठमाडौं– फुटबलको विश्वव्यापी मेला अर्थात् विश्वकप सुरु हुन अब ३९ दिन मात्रै बाँकी छ। प्रतियोगितामा सहभागी ३२ टिम नै उपाधि जित्न चाहन्छन्। तर कुनै टिमको सम्भावना धेरै हुन्छ, कसैको थोरै। उपाधिको मुख्य दाबेदारी टिमको अनुमान पछिल्लो समय खेलेका खेल, उसका खेलाडीलगायतले छुट्याइन्छ। प्रत्येक विश्वकपमा जस्तै यस पटक पनि एउटा टिमलाई उपाधि दाबेदारका रूपमा हेरिएको छ। त्यो टिम हो–अर्जेन्टिना।

triton college

लियोनल मेस्सीको कप्तानी तथा लियोनल स्केलोनीको प्रशिक्षणमा रहेको अर्जेन्टिना कोपा अमेरिका च्याम्पयन हो। त्यस्तै, अर्जेन्टिना सन् २०१९ देखि अहिलेसम्म अर्थात् तीन वर्षदेखि अपराजित छ। सोही क्रममा उसले दोस्रो धेरै अपराजित कीर्तिमान यात्रा गरेको इटालीको ३३ खेलको अपराजित यात्राको कीर्तिमान तोड्दै ३५ खेलसम्म अपराजित छ। अब तीन खेलसम्म अपराजित रहे उसले इटालीको सर्वाधिक ३८ खेलको अपराजित यात्राको कीर्तिमान बराबरी गर्नेछ। उसले कोपा अमेरिका र फिनालिस्माको पनि उपाधि जितेको छ। यिनै कुराहरूले अर्जेन्टिनाले विश्वको ध्यान आफूमा तानिरहेको छ। 

पछिल्लो समय गरेको उच्च प्रदर्शनका कारण अर्जेन्टिनालाई स्वाभाविक रूपमा विश्वकपमा सबैले प्रमुख दाबेदार मानेका छन्।

इंग्लिस फुटबल पण्डितले पनि अर्जेन्टिनालाई नै विश्वकपको सबैभन्दा दाबेदार टोली मानेका छन्। इंग्लिस पण्डित क्याराहेयरले भनेका छन्, ‘पछिल्ला दुई, तीन वर्षको विश्व फुटबललाई हेर्दा अर्जेन्टिना विश्वकै उत्कृष्ट टिम हो। कतार विश्वकपमा ३२ टिममध्ये अर्जेन्टिना सबैभन्दा बलियो टोली हो। त्यसैले यस पटकको विश्वकप अर्जेन्टिनाले जित्नेछ। अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले पनि यस पटकको विश्वकप अन्तिम भनिसकेका छन्। उनले अर्जेन्टिना छाड्दै गर्दा विश्व विजेता बनेर जानेछन्।

त्यस्तै, उनले अर्जेन्टिनाको लय अविश्वसनीय रहेको र समर्थक धेरै रहेकाले पनि उसलाई अझ धेरै हौसला मिलेको बताए। उनले भने, ‘अर्जेन्टिना टिममा अविश्वसनीय लय छ। अन्य समयभन्दा फरक रुपमा अट्याकिङ भएर मैदानमा उत्रिँदै आएको छ। त्यसैले ऊ दाबेदारी टिम हो। अर्जेन्टिना र मेस्सीका समर्थक पनि विश्वव्यापी रूपमा धेरै छन्। यसले गर्दा अर्जेन्टिनाको टिममा हौसलाको कमी छैन र उच्च मनोबलका साथ विश्व विजेता बन्न कतारको मैदानमा उत्रिनेछ।’

corrent noodles
Metro Mart

अर्जेन्टिनाको टिममा युवा तथा अनुभवी खेलाडीको वर्चस्व छ। अर्जेन्टिनाका कप्तान मेस्सीले भनेका छन्, ‘सन् २०१९ पछि टिममा नयाँ युवा खेलाडी आएका छन्। सोही कारण हाम्रो टिम अझ मजबुत छ। हामीले भरपर्दो गोलकिपर पाएका छौं। अट्याकिङ लाइनमा पनि कुनै समस्या छैन।  मिडफिल्डर र डिफेन्डर लाइनमा केही समस्या थियो। त्यो पनि समाधान भइसकेको छ। सबै कुराको कम्बिनेसन मिलेका कारण अहिले हाम्रो टिम धेरै बलियो भएको छ।’ 

लियोनल मेस्सीको कप्तानी तथा लियोनल स्केलोनीको प्रशिक्षणमा रहेको अर्जेन्टिना कोपा अमेरिका र फिनालिस्माको च्याम्पियन हुनुका साथै पछिल्लो समय गरेको उच्च प्रदर्शनका कारण विश्वकपको दाबेदार मानिन थालेको छ।

सर्जियो अगुइरोले स्वास्थ्यमा गम्भीर समस्याका कारण फुटबलबाट संन्यास लिइसकेका छन्। उनी अर्जेन्टिनाका भरपर्दा फिनिसर थिए तर अर्जेन्टिनामा अहिले अगुइरोको स्थान लटाउरो मार्टिनेजले लिइरहेका छन्। टिममा निरन्तर खेल्न थालेपछि उनी शीर्ष गोलकर्तासमेत बनेका छन्। अट्याकिङ लाइनमा मेस्सीले मार्टिनेज, जुलिया अलभारेज, एन्जल डिमारिया, कोरेराजस्ता खेलाडीलाई उच्च लयमा खेल खेलाउन मद्दत गरिरहेका छन्।

त्यस्तै, मिडफिल्ड लाइनमा डी पाउल, गोमेज, पार्डेजजस्ता खेलाडीले अर्जेन्टिनाको मिड लाइन बलियो बनाइरहेका छन्। टिमलाई टेक्निकल रुपमा उनीहरूले राम्रो बनाइरहेका छन्। फर्वार्डलाई गोल गर्ने अवसर पर्याप्त मात्रामा उपलब्ध गराउनेलगायत उनीहरू आफैं गोल गरिरहेका छन्।

अर्जेन्टिनाको टिमले सुधारेको सबैभन्दा उत्कृष्ट पक्ष भनेको आफ्नो डिफेन्सिफ लाइन हो। विगतमा यो टिमलाई डिफेन्सिफ लाइन मजबुत हुँदा धेरै खेलमा पराजय भएका छन्। मार्टिनेज, रोमेरो, मोलिना टिममा युवा डिफेन्डर हुन्। उनीहरूले आफ्नो लाइनलाई बलियो बनाउँदै आएका छन्। त्यस्तै, ओटामेन्डी टिममा अनुभवी खेलाडी हुन्। उनले पनि टिमलाई आफ्नो पक्षबाट सहयोग गरिरहेका छन्।

गोलकिपरमा मार्टिनेज मुख्य रोजाइका खेलाडी हुन्। उनले पछिल्लो समय कोपा अमेरिका तथा अन्य खेलमा उच्च प्रदर्शन गरिरहेका छन्। उनी विश्वकपमा पनि मुख्य गोलकिपरको भूमिकामा रहनेछन्।

तर विश्वकप सुरु हुने दिन नजिकिँदै गर्दा अर्जेन्टिनाका खेलाडी घाइते हुने क्रम बढिरहेको छ। अहिले अर्जेन्टिनाका मुख्य खेलाडी अर्थात् कप्तान मेस्सी पनि घाइते छन्। च्याम्पियन्स लिगमा क्लब ब्रुगाविरुद्धको खेलमा खुट्टामा चोट लागेका कारण उनले फ्रेन्च लिग वानका केही खेल गुमाइसकेका छन्। तर उनलाई गम्भीर चोट नलागेको कारण विश्वकप खेल गुमाउने खतरा भने छैन। मेस्सीसँगै एन्जल डिमारिया, पार्डेस र डिबाला पनि घाइते छन्। डिमारिया र पार्डेसको अवस्था खतारामुक्त रहे पनि फुटबल स्पानाका अनुसार डिबालाले भने विश्वकप गुमाउने सम्भावना छ। 

सिरी ‘ए’अन्तर्गत लिकेविरुद्धको खेलमा मसलमा चोट लागेका कारण उनले धेरै खेल गुमाउने बताइएको छ। खेलपछि डिबालाको भविष्यबारे बोल्दै एएस रोमाका मुख्य प्रशिक्षक जोसे माउरिन्होले चोट गम्भीर भएका कारण उनले धेरै खेल गुमाउने बताए। उनले भने, ‘उनको चोट धेरै गम्भीर रहेको छ। यो देखेर म दुःखी  छु। अब उनले धेरै खेल गुमाउनेछन्, जसमा विश्वकप पनि पर्न सक्छ।’

विश्वकपमा अर्जेन्टिनाको इतिहास
खेलमा इतिहासले खासै प्रभाव पार्दैन भन्ने विश्वास गरिन्छ। तर सोही इतिहासले कुनै पनि टिमका खेलाडीको मनोबलमा भने प्रभाव पार्ने गर्छ। इतिहास हेर्दा विश्वकपमा अर्जेन्टिना सफल टिमभित्रै पर्दछ। उसले अहिलेसम्म विश्वकपको पाँच फाइनल खेलिसकेको छ। यसमध्ये तीन वटाको उपाधि जित्न नसके पनि सन् १९७८ र १९८६ गरी दुई पटक विश्व च्याम्पियन भइसकेको छ। अन्तिम पटक अर्जेन्टिना सन् २०१४ को ब्राजिल विश्वकपमा फाइनल खेलेको थियो, जहाँ ऊ जर्मनीसँग १–० गोल अन्तरले पराजित हँुदै उपविजेतामा सीमित भएको थियो। विश्वकपमा केही खुम्चिएको अर्जेन्टीना आफ्नो महादेशीय फुटबलमा भने फराकिलो छ। उसले सर्वाधिक १५ पटक कोपा अमेरिका जितेको छ।

अर्जेनटाइन टिम
फर्वार्ड– कप्तान लियोनेल मेस्सी, लाटाउरो मार्टिनेज, एन्जल डिमारिया,जुलियान अलभारेज, जोक्विन कोरेरा, पाउलो डिबाला, एन्जल कोरेरा

मिडफिल्डर– रोड्रिगो डी पाउल, लेन्द्रो पार्डेस, पप्पु गोमेज, एलेक्सिस माक अलिस्टर

डिफेन्डर– लिसान्द्रो मार्टिनेज, क्रिस्टिन रोमेरो, नाहुइल मोलिना, निकोलस ओटामेन्डी, न्युयेन पेरेज, निकोलस टाक्लिफिको, जिमर्न पेजेल्ला

गोलकिपर–  इमिलानो मार्टिनेज, जिरोनिमो रुली, फ्रान्को अर्मानी। 

समूह ‘सी’मा रहेको अर्जेन्टिनासँगै साउदी अरबिया, मेक्सिको र पोल्यान्ड छन्। अर्जेन्टिनाले आफ्नो पहिलो खेल साउदीविरुद्ध २२ नोभेम्बरमा खेल्दै छ। त्यस्तै, दोस्रो खेल मेक्सिकोविरुद्ध २७ नोभेम्बर र समूह चरणको अन्तिम खेल पोल्यान्डविरुद्ध १ डिसेम्बरमा खेल्नेछ। 

- अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रकाशित: Oct 19, 2022| 13:01 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।