सोमबार, असार १, २०८३

७ आयोगले राष्ट्रपतिलाई बुझाए वार्षिक प्रतिवेदन

प्रतिवेदन बुझाउनेमा मधेशी आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र आदिवासी जनजाति आयोग छन्। यस्तै राष्ट्रिय समावेशी आयोग, राष्ट्रिय महिला आयोग र मुस्लिम आयोगले पनि राष्ट्रपतिलाई प्रतिवेदन बुझाएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए।
 |  सोमबार, असोज ३१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३१, २०७९
National life
Shivam cement

काठमाडौं- सात संवैधानिक आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई वार्षिक प्रतिवेदन बुझाएका छन्। सोमबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित कार्यक्रमका बीच आयोगहरूले आर्थिक वर्ष २०७८/०७९ को प्रतिवेदन बुझाएका हुन्। 

प्रतिवेदन बुझाउनेमा मधेशी आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र आदिवासी जनजाति आयोग छन्। यस्तै राष्ट्रिय समावेशी आयोग, राष्ट्रिय महिला आयोग र मुस्लिम आयोगले पनि राष्ट्रपतिलाई प्रतिवेदन बुझाएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए। 

नेपालको संविधानको धारा २९४ मा संवैधानिक आयोगहरूको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ। 

प्रकाशित: Oct 17, 2022| 16:57 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...