सोमबार, साउन १८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गठबन्धनका कारण कांग्रेसमा योगदान दिएका उम्मेदवारीमा छुटे : प्रवक्ता महत

गठबन्धनका कारण कांग्रेसमा योगदान दिएका उम्मेदवारीमा छुटे : प्रवक्ता महत

धेरै ठाउँमा जित्ने गरी कांग्रेस नेतृत्वको गठबन्धन अगाडि बढेको महतको दाबी।
 |  सोमबार, असोज ३१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३१, २०७९

काठमाडौं– कांग्रेस प्रवक्ता प्रकाशशरण महतले गठबन्धनका कारण पार्टीमा योगदान दिएका  नेतालाई उम्मेदवार बनाउन नसकिएको बताएका छन्। सोमबार पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गरी महतले धेरै ठाउँमा जित्ने गरी कांग्रेस नेतृत्वको गठबन्धन अगाडि बढेको दाबी गरे।

उनले भने, ‘धेरै सिटमा उम्मेदवारी दिनेभन्दा पनि जित्नुपर्छ भन्ने कांग्रेसको धारणा हो। यसमा गठबन्धनका सबै दल लाग्नुपर्छ।’ सबै क्षेत्रमा पार्टीका उम्मेदवार नहुँदा पनि मतदाता परिचालन गर्न सफल हुने उनको भनाइ छ। गठबन्धनका उम्मेदवारलाई जिताएर कांग्रेस नेतृत्वको सरकार बनाउने पार्टीको लक्ष्य रहेको उनले जानकारी दिए। 

गठबन्धनले संविधान र मुलुकलाई ट्रयाकमा ल्याएको महतले बताए। सिट बाँडफाँट गर्दा पनि सत्ता गठबन्धनबाट बाहिरिएको जसपाको जनताबाट मूल्यांकन हुने महतको टिप्पणी छ।

प्रकाशित: Oct 17, 2022| 16:49 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...