शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • झुट बोलेको आरोपमा राष्ट्रपति ट्रम्पका पूर्वसल्लाहकारलाई जेल सजायँ

झुट बोलेको आरोपमा राष्ट्रपति ट्रम्पका पूर्वसल्लाहकारलाई जेल सजायँ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका एकजना पूर्वसल्लाहकारलाई झुट बोलेको आरोपमा १४ दिनका लागि जेलसजाय सुनाइएको छ। शुक्रवार सुनाइएको सजाय अनुसार पापाडोपलसले २०० घण्टा समुदायमा सेवा गर्नुपर्ने र साढे नौ हजार डलर पनि तिर्नुपर्ने हुन्छ।

लण्डनको एउटा पबमा जर्ज पापाडोपलसले दिएको अभिव्यक्तिपछि अमेरिकी चुनावी अभियानमा सम्भावित रुसी साठगाँठबारे अनुसन्धान थालिएको थियो। उक्त अनुसन्धानमा पापाडोपलसले झुटो बोलेको प्रमाणित भएको छ।

वाशिङटन डीसीस्थित अदालतमा ३१ वर्षीय जर्ज पापाडोपलसले झूट बोलेर गल्ती गरेको र आफू एक 'देशभक्त अमेरिकी' भएको बताए। मस्कोका आरोपित मध्यस्थकर्ताहरूसँगको भेटघाटको समयबारे संघीय अनुसन्धान निकाय एफबीआईसँग झूट बोलेकोमा दोषी पाइएका पापाडोपलसले गत अक्टोबरमा आफ्नो सफाइमा स्पष्टीकरण दिएका थिए।

सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा क्रेम्लिनको आरोपित प्रभावसम्बन्धी छानबिनका क्रममा पक्राउ पर्ने उनी ट्रम्पका पहिला सहयोगी थिए।

अदालतसमक्ष उनले आफ्नो 'पूरै जीवन अस्तव्यस्त' रहिआएको बताउँदै आफूलाई सच्याउनका निम्ति 'अर्को मौका पाउने' विश्वास व्यक्त गरे। 'यो अनुसन्धानको विश्वव्यापी अर्थ रहनेछ र सत्यले महत्त्व राख्छ' भन्दै पापाडोपलसले अदालतमा आफ्ना कुरा टुङ्ग्याएका थिए।

शिकागोका बासिन्दा पापाडोपलसले सन् २०१६ को मार्चमा ट्रम्पको चुनावी अभियान टोलीमा स्वयंसेवक विदेश नीति सल्लाहकारका रूपमा काम शुरू गरेका थिए। त्यसअघि उनी लण्डनस्थित पेट्रोलियम विश्लेषकका रूपमा कार्यरत थिए।

आफ्नै पूर्व वकिलले उनीबारे बोल्ने भनेपछि राष्ट्रपति ट्रम्पको समस्या बढेको ठानिएको छ। स्वयंसेवक विदेश नीति सल्लाहकारका रूपमा काम थालेको केही समयपछि उनले माल्टाका एकजना प्राज्ञसँग सम्पर्क गरे।

ती प्राध्यापकले ट्रम्पका चुनावी प्रतिद्वन्द्वी हिलरी क्लिन्टनको व्यक्तिगत जीवनबारे सार्वजनिक गरिए क्षति पुग्न सक्ने जानकारी 'ईमेलका रुपमा' आफूसँग भएको बताएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।