सोमबार, असार १, २०८३

विश्वमा वर्षेनी आपराधिक घटना बढ्दै गएका छन्ः गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले वर्षेनी आपराधिक घटना बढिरहेकाले नेपालमा पनि सुरक्षा चुनौती थपिएको बताए।
 |  सोमबार, असोज ३१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३१, २०७९

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाँणले वर्षेनी आपराधिक घटना बढिरहेकाले नेपालमा पनि सुरक्षा चुनौती थपिएको बताए।

National life

सोमबार ६७औं प्रहरी दिवसको उपलक्ष्यमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वमा नै वर्षेनी अपराधिक घटना बढिरहेको भन्दै यसको चुनौती नेपालमा पनि बढ्दै गएको बताए। 

उनले विश्वमा अहिले नयाँ किसिमका विज्ञानका प्रविधिको प्रयोग गरी अपराधिक गतिविधि हुन थालेको भन्दै विज्ञान र प्रविधिलाई उच्चतम प्रयोग गरेर अपराधिक क्रियाकलापको नियन्त्रण गर्न जरुरी रहेको बताए। 

उनले नेपाल प्रहरीले पनि अपराधिक घटनालाई रोक्न विभिन्न विज्ञान, प्रविधिको प्रयोग गरिरहेको भन्दै तारिफ गरे। गृहमन्त्री खाँणले नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्न र अपराध नियन्त्रणमा सघाउन सरकार सदैव प्रतिवद्ध रहेको बताए। उनले नेपाल प्रहरीका जवानको क्षमता विकास र सुविधा वृद्धिका लागि सरकारले प्रयत्न गरिरहेको पनि उल्लेख गरे।

गृहमन्त्री खाँणले काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा नेपाल प्रहरीको लागि प्रहरी प्रशिक्षण केन्द्र निर्माण कार्य भइरहेको भन्दै तालिम केन्द्र निर्माणपछि अन्तर्राष्ट्रिय स्तरको तालिम केन्द्रले नेपालका प्रहरीलाई उच्चस्तरीय तालिम नेपालमा नै उपलब्ध गराउन र क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

Shivam cement

उनले भने, ‘नेपाल प्रहरीको लागि पनौतीको प्रहरी प्रशिक्षण केन्द्र निर्माण कार्य प्रारम्भ भएको छ। तालिम केन्द्र निर्माण भइसकेपछि अन्तर्राष्ट्रिय स्तरको तालिम केन्द्रले नेपालका प्रहरी अधिकृत र जवानलाई उच्चस्तरीय तालिम नेपालमा नै उपलब्ध गराउने र त्यसले क्षमता पनि अभिवृद्धि भएर जानेछ। अहिले संसारभर नै अपराधिक गतिविधिहरुमा नयाँ आयाम थपिएको छ।'

नयाँ विज्ञान र प्रविधिको प्रयोगका साथै अपराधिक गतिविधि पनि बढीरहेको र यसले सुरक्षामा चुनौती थपिएको उनले बताए।

गृहमन्त्री खाँणले गत वर्ष सरकारले प्रहरी जवानहरुको क्षमता विकासका लागि वभिन्न कार्यक्रम र योजना अघि सारेको र त्यसले केही हदसम्म प्रहरी जवानको क्षमता विकासमा मदद्त पुगेको बताए।


प्रकाशित: Oct 17, 2022| 12:30 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...