सोमबार, साउन १८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कार्यकर्तालाई शेखरले भने- देउवाप्रतिको तुष त्यागेर चुनावमा होमिऔं

कार्यकर्तालाई शेखरले भने- देउवाप्रतिको तुष त्यागेर चुनावमा होमिऔं

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँगको चुष त्याग्न आफू पच्छियए नेताहरूलाई आग्रह गरेका छन्।
 |  सोमबार, असोज ३१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३१, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँगको चुष त्याग्न आफू पच्छियए नेताहरूलाई आग्रह गरेका छन्।

नेता कोइरालाले मोरङको हरैंचामा चुनावी कार्यक्रममा बोल्ने क्रममा कार्यकर्तालाई विवाद नगर्न उनले सुझाव दिएका हुन्। नेता कोइरालाले आफू र देउवा मिलिसकेको बताएका छन्। 

‘स्थानीय निर्वाचनमा के भयो, महाधिवेशनमा के भयो, त्यो तुषलाई तपाईंहरू सबैले त्याग्नुस्। तुष मैले त त्यागीसकें। तपाईंले किन नत्याग्ने? तुषले हामीलाई कहिँ पनि पुर्‍याउँदैन,’ उनले भने।

१४औं महाधिवेशनमा सभापतिका लागि देउवा र आफू पक्षधर तलैबाट लड्दै केन्द्रसम्म प्रतिस्पर्धा गरेको उनले सुनाए। 

‘शेरबहादुर देउवा र म एकै ठाउँमा उभिएका छौं। पटक–पटक शेरबहादुर जीसँग मैले भेटिरहेको छु,’ कोइरालाले भने, ‘मेरा कुरा सुनिरहनु भएको छ। मेरो कुरा मानिरहनुभएको छ। तपाईंहरू तल नलड्नुस्।’

प्रकाशित: Oct 17, 2022| 11:26 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...