बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रभु साहद्वारा स्वतन्त्र उम्मेदवार जिताउन तोके ८ जिल्लाको कमाण्ड

प्रभु साहद्वारा स्वतन्त्र उम्मेदवार जिताउन तोके ८ जिल्लाको कमाण्ड

पूर्वमन्त्री प्रभु साहले स्वतन्त्र उम्मेदवार जिताऊ अभियानको घोषणा गरेका छन्।
 |  सोमबार, असोज ३१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३१, २०७९

काठमाडौं- पूर्वमन्त्री प्रभु साहले स्वतन्त्र उम्मेदवार जिताऊ अभियानको घोषणा गरेका छन्। दलीय प्रणाली र दलका नेताहरूको अनैतिक क्रियाकलापबाट लोकतन्त्र नै संकुचित भएको र देश अस्थिरताको भुमरीमा फस्दै गएको भन्दै उनले समयसापेक्ष सुधार गरी देशमा सुशासन, स्थिरता, विकास र समृद्धिका लागि आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई जिताउन अभियान सञ्चालन गर्न लागेका हुन्। 

National life

अभियानलाई तीव्रता दिनका लागि पूर्वमन्त्री साहले मधेस प्रदेशका ८ वटै जिल्लाको संयोजक (कमाण्ड) तोकेका छन्। 

आइतबार एक वक्तव्य जारी गर्दै अभियानका संयोजक प्रभु साहले ८ जिल्लाको संयोजक तोकेको जानकारी दिएका छन् । अभियानको जिल्ला संयोजकका रूपमा पर्सामा बाबुराम कौशिक, बारामा अशोक लामा, रौतहटमा त्रिभुवन साह 'अमर', सर्लाहीमा राजनन्दन चौधरी, महोत्तरीमा राधेश्याम साह, धनुषामा श्रीलाल महासेठ, सिरहामा सरोज यादव र सप्तरीमा वसन्त मण्डललाई जिम्मेवारी तोकिएको छ। अभियानलाई वडा तह देखि राष्ट्रियस्तरको संरचनामा खडा गर्ने संयोजक प्रभु साहले जानकारी दिए।

एमालेले जसपासँग गठबन्धन गरेपछि त्यसको विरोध गर्दै पूर्वमन्त्री साहले एमालेको टिकट लत्त्याएर स्वतन्त्र प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका थिए। उनले मदेसका विभिन्न निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार खडा गरेका थिए भने अब उनले देशैभर स्वतन्त्र उम्मेदवारको प्यानल निर्माण गर्न लागेका हुन्।



Shivam cement

प्रकाशित: Oct 17, 2022| 09:14 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...