सोमबार, साउन १८, २०८३

समानुपातिकको बन्दसूचीमा भएका ४३९ लाई जरिवाना बुझाउन निर्देशन

आगामी मंसिर ४ मा हुने आम निर्वाचनको समानुपातिक बन्द सूचीमा समावेश भएका ४ सय ३९ जनाले कात्तिक ५ भित्र जरिवाना बुझाउनुपर्ने भएको छ।
 |  सोमबार, असोज ३१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३१, २०७९

काठमाडौं- आगामी मंसिर ४ मा हुने आम निर्वाचनको समानुपातिक बन्द सूचीमा समावेश भएका ४ सय ३९ जनाले कात्तिक ५ भित्र जरिवाना बुझाउनुपर्ने भएको छ।

समानुपातिक बन्द सूचीमा रहेका ४३९ लाई कात्तिक ५ भित्र जरिवाना बुझाउन आयोगले निर्देशन दिएको हो। स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले ५ कात्तिकसम्मको समय दिएको हो। 

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा समावेश भएका त्यस्ता ४३९ उम्मेदवारले जरिवाना बुझाउनुपर्ने आयोगले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ। 

आइतबार एक सूचना जारी गर्दै आयोगले जरिवाना रकम बुझाउन निर्देशन दिँदै यस्तो निर्णय भएको जानकारी गराएको हो।

राजनीतिक दलले पेस गरेको बन्दसूचीमा समावेश भएको भए जरिवाना नबुझाउने उम्मेदवारको नाम बन्दसूचीबाट हटाइने जनाइएको हो।

प्रकाशित: Oct 17, 2022| 08:45 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...