सोमबार, साउन १८, २०८३

निर्वाचन आयोगले भन्यो- लौरो चिन्ह स्वतन्त्रको होइन

निर्वाचन आयोगले लौरो चुनाव चिन्ह स्वतन्त्र उम्मेदवारको भन्दै प्रचार गर्ने उम्मेदवारलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ।
 |  सोमबार, असोज ३१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३१, २०७९

काठमाडौं- निर्वाचन आयोगले लौरो चुनाव चिन्ह स्वतन्त्र उम्मेदवारको भन्दै प्रचार गर्ने उम्मेदवारलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ।

आफ्नो दलीय आवद्धता नखोली लौरो चुनाव चिन्ह स्वतन्त्रको भन्दै प्रचार गर्ने प्रतिनिधि सभा र प्रदेश सभा उम्मेदवारलाई आयोगले स्पष्टीकरण सोधेको हो।

आयोगले आइतबार काठमाडौं ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मधुसुदन पाठक (सिते बा), सिराहा २ का प्रतिनिधि सभा उम्मेदवार शिवशंकर यादव, सिरहा २ प्रदेश सभा क्षेत्र (क) का उम्मेदवार राजलाल यादव र (ख) का उम्मेदवार योगेशकुमार सिंहलाई स्पष्टीकरण सोधेको हो।

यस्तै काठमाडौं २ प्रदेश सभा क्षेत्र (क) का उम्मेदवार राजकुमार तिमिल्सिना, सर्लाही २ का उम्मेदवार वीरवंश बैठा, सुनसरी १ प्रदेश सभा क्षेत्र (क) का उम्मेदवार विजय कालिकोटे, रूपन्देही ३ का प्रख्यात बञ्जाडे र नुवाकोट १ प्रदेश सभा क्षेत्र (ख) का  दिपेश ढुंगानालाई आयोगले स्पष्टीकरण सोध्दै १ लाख जरिवाना किन नलिने भन्दै स्पष्टीकरण सोधिएको छ।

विभिन्न अभियानका नाममा उम्मेदवारी दिएकाहरूले हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह लौरोलाई स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह भन्दै प्रचार गरिरहेको पाइएकोले स्पष्टीकरण सोध्नुपरेको आयोगले जनाएको छ।



प्रकाशित: Oct 17, 2022| 08:10 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...