शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'मेस्सीको अनुपस्थितीमा १० नम्बर जर्सी अरुले लगाउन पाउनुपर्छ'

'मेस्सीको अनुपस्थितीमा १० नम्बर जर्सी अरुले लगाउन पाउनुपर्छ'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
अर्जन्टिना- अर्जेन्टिनाका गोलकिपर सर्जिओ रोमेरोले राष्ट्रिय टिमका पुर्व कप्तान लियोनल मेस्सी टिममा उपस्थित नभए उनले लगाउदै आएको १० नम्बर जर्सी खेलमा प्रयोगमा आउनु पर्ने बताएका छन्। 

खासगरी १० नम्बर एक सर्वश्रेष्ठ खेलाडीले लगाउने जर्सिको रुपमा मानिन्छ। तर, मेस्सीले अर्जेन्टिनाको प्रतिनिधित्व गर्नबाट अनिश्चतकालिन बन्द गरेका हुन् र उनी संयुक्त राज्य अमेरिकामा हुने गुअटेमाला र कोलम्बियासँगको मैत्रिपुर्ण खेल खेल्ने छैनन्। 

म्यानचेस्टर युनाइटेडका गोलकिपर सर्जिओले भने, ‘१० नम्बर जर्सीको सधैं प्रयोग हुनु पर्छ। मैले बुझ्न सकेको छैनकी जर्सी नम्बर १० को प्रयोग किन भइराखेको छैन्। मलाई थाहा थिएन कि जर्सि नं. १० को प्रयोग भइरहेको छैन्।’ उनले थपे, ‘सबै साथीमा यो सधै उपलब्ध रहँदै आएको छ। अब कुन कारणले जर्सि नं. १० को प्रयोग भइरहेको छैन्। मलाई अहिले थाहा भयो।’

मेस्सी विश्वकप भन्दा पहिले पुर्ण रुपमा दबाबमा थिए र रुस विश्वकपमा शिर्ष १६ बाट बाहिरिएपछि उनले राष्ट्रिय टिमसँग आफ्नो भविष्यको टिप्पणी अस्वीकर गरि दिएका थिए। 

सर्जिओले भने, ‘यदि मेस्सी टिममा फर्किनन्छन् भने जर्सि नं. १० र टिमको नेतृत्व उनैले गर्ने छन्। किनकी उनी टिममा फर्किन्छन् भने यसको प्रयोग उनी बाहेक अरु कसैले गर्न सक्दैनन्। हामीलाई पहिले देखि नै थाहा छ की मेस्सी टिममा छन् भने जर्सि नं. १० उनैको हुने छ , यसमा कुनै समस्या छैन्।’ 

सर्जिओले चोटका कारण रुस विश्वकप गुमाएका थिए। यस मैत्रिपुर्ण खेलमा सर्जिओलाई साथी मेस्सीको उपस्थित हुने आशा थियो। तर, प्रशिक्षक लियोनल स्कालोनीका अनुसार सम्मान आज्याक्स डिफेन्डर निके टैग्लियाफिकोलाई जाने छ। उनले भने, ‘हामीले मेस्सीसँग कुरा गर्‍यौं । हेरौ  अर्को कल-अपमा उनी फिर्ता आउने छन् या छैनन्। तर त्यो बिषयमा कुरा गर्नु कुनै कारण छैन्।’ 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।