काठमाडौं- राजधानीबाट दैनिक प्रकाशित हुने पत्रपत्रिकाहरुले शनिबार पनि विविध विषयलार्इ प्राथमिकता दिएर पहिलो पृष्ठमा प्रकाशित गरेका छन्।
शनिबारका पत्रपत्रिकाले चीनसँगको पारवाहन प्रोटोकल सम्झौतासँगै भारतसँगको परनिर्भरता अन्त्यको समाचारलार्इ पहिलो पृष्ठमा मुख्य समाचार छापेको छ। त्यसैगरी चार अस्पताल चहार्दै बालकको ज्यान गएको र देवेगौडाको एक दिनलगायतका समाचार प्रकाशित गरेको छ।
भरतपुर-१५ मंगलपुरमा बलराम विक सर्पले डसेर विरामी भएका तीन वर्षीया नाति सलिनको उपचारका लागि बुधबार राति भरतपुरका चारवटा अस्पचाल पुगे। करिब एक घण्टा भौंतारिदा पनि कुनैले उपचार गरिदिएनन्। अन्तिममा भरतपुर अस्पतालकै शरण परे तर उनका नातिको ज्यान जोगिएन। अस्पतालै अस्पताल भएको भरतपुरबाट पाँच किलोमिटर टाढा छ बलरामको घर।
त्यसैगरी भारतसँगको परनिर्भरता अन्त्यगर्न चीनसँग पारवहन सम्झौताको प्रोटोकलमा सहमति भएसँगै नेपालको पारवहनमा भारतको एकाधिकार औपचारिक रूपमै तोडिएको छ। नेपाल र चीनबीच सन् २०१६ मा भएको पारवहन सम्झौताको प्रोटोकलमा शुक्रबार सहमति भएको हो। यससँगै नेपालले चीन हुँदै तेस्रो मुलुकसँग आयात-निर्यात गर्न सक्नेछ।
प्रोटोकल सहमतिअनुसार नेपालले चीनका सबै खुला बन्दरगाह प्रयोग गर्न, जुनसुकै मार्गबाट ढुवानी गर्न, सबैखाले यातायात माध्यमको प्रयोग गर्न, ६ नाकाबाट पारवहन ढुवानी गर्न र सिगात्सेसम्म आफ्नै ढुवानी साधन लैजान सक्नेछ। निकै लामो प्रयासपछि तय भएको प्रोटोकलले नेपाललाई विश्वसामु जोड्न वैकल्पिक बाटो दिलाएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बताए। यसले नेपालको आर्थिक समृद्धिको अभियानमा महत्वपूर्ण योगदान दिने उनको भनाइ छ।
राजनीबाट शनिबार प्रकाशित अन्नपू्र्ण पोस्टले 'अनि, फेरि गार्इ पाल्न थालें' शिर्षकमा मुख्य समाचार प्रकाशित गरेको छ। अझै दिलतका लागि खुलेनन् मन्दिरका ढोका, विमस्टेक सैन्य अभ्यासमा नेपाल नजाने शिर्षकमा अर्को समाचार प्रकाशन गरेको छ।
बिम्स्टेक राष्ट्रबीच हुने संयुक्त सैन्य अभ्यासमा नेपाल सहभागी नहुने भएको छ। नेपालको सहभागितालाई लिएर विवाद उत्पन्न भएपछि प्रधानमन्त्री केपी ओलीले सैन्य अभ्यासमा नजान नेपाली सेनालाई निर्देशन दिएका हुन् । भदौ २५ देखि ३१ गते (सेप्टेम्बर १०–१६) सम्म भारतको पुणेमा संयुक्त सैन्य अभ्यास हुँदैछ।
प्राविधिक र आर्थिक सहायताका लागि बनेको संगठनभित्र सैन्य अभ्यासको विषयले प्रवेश पाउनु असान्दर्भिक भएको भन्दै आलोचना हुँदै आएको थियो। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा शम्भु कट्टेलले लेखेका छन्।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को सैन्य अभ्यासको समापन समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापा समेत सहभागी हुँदै थिए । प्रधानमन्त्रीको निर्देशनपछि नेपाली सेनाले सहभागिताका लागि गरेको सम्पूर्ण तयारी स्थगित गरेको छ।
त्यसैगरी नागरिक दैनिकले 'अयोग्य' झा पुन: अध्यक्ष, गैरकानुनी आप्रवासीको घुसपैठ शिर्षकमा समाचार प्रकाशित गरेको छ भने प्रेस स्वतन्तत्रामा अंकुश लगाउने गरी ल्याएको मुलुकि संहिताको विरोधमा सडकमा उत्रिएका पत्रकाहरुको तस्बिर पनि पहिलो पृष्ठमा प्रकाशित गरेको छ।
जनउत्तरदायी जनप्रतिनिधि, तक्मामा आठ करोड खर्च, नेपाल-चीन पारवहन सम्झौताको पोर्टोकल सहमतिलगायतका शिर्षकको समाचार पनि नयाँ पत्रिका दैनकमा छ।
नयाँ पत्रिकाका अनुसार राज्यलाई महत्वपूर्ण योगदान दिएको आधारमा सरकारले हरेक वर्ष सयौँ व्यक्तिलाई विभिन्न विभूषण (तक्मा) ले सम्मान गर्दछ। सम्मानित हुनेमा धेरैजसो सत्तानिकट व्यक्ति हुने भएकाले विभूषण वितरण सधैँ विवादमा पर्ने गर्छ। यसमा हरेक वर्ष ठूलो बजेट पनि खर्च हुने गरेको छ। गत मंगलबार प्रदान गरिएको विभूषणमा करिब आठ करोड खर्च भएको छ। एक वर्षअघिको सिफारिसको आधारमा तीन सय ४३ जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित गरिएको थियो। जुन तक्मा बनाउन आठ करोड खर्च भएको गृह मन्त्रालयले जनाएको छ।
त्यसैगरी अंग्रजी पत्रिका दी हिमालयन टाइम्सले 'निर्मला हत्या प्रकारणमा प्रहरीको लापरवाही' शिर्षकमा समाचार पहिलो पृष्ठमा मुख्य समाचार बनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४