शुक्रबार, साउन १, २०८३

सरकारी खर्चमा ओली वंशको भेला बालुवाटारमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- पछिल्लो समय प्रधानमन्त्री कार्यालयलार्इ नेपाल कम्युनिस्ट पार्टीको कार्यालयजस्तै बनाएको र पार्टीको बैठकमा हुने खर्च सरकारी ढुकुटीबाट खर्च भइरहेको भन्दै चौतर्फी आलोचना भइरहेकोबेला फेरि सरकारी खर्चमै ओली वंशको भेला पनि प्रधानमन्त्री निवास बालुवाटारमा नै हुने तय गरिएको छ।
 
प्रधानमन्त्री बस्ने सरकारी निवासलार्इ प्रधानमन्त्री ओलीले आफ्नै पार्टी कार्यालय र निजी सम्पत्तिजस्तो बनाएको भन्दै आलोचना भइरहेकै समयमा शनिबार पार्टीको नभर्इ भिन्नै ओलीको आफ्नो वंशको भेला बोलाएका छन्। 

सामाजिक सञ्जालमा भेटिएको एउटा सूचनामा ओली वंशको साधारण सभा प्रधानमन्त्री निवास बालुवाटारमा हुनेबारे सूचना राखिएको छ। सूचनामा सबैलाई साढे १० बजे प्रधानमन्त्री क्वार्टर बालुवाटारमा डाकिएको छ।

ओली वंश अक्षय कोषले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उनका बुवा मोहनप्रसाद ओली र श्रीमती राधिका शाक्यलाई अभिनन्दन गर्ने कार्यक्रम पनि छ। सो अभिनन्दन कार्यक्रममा दाङकी कोमल वली, झापा माइती भएकी बाजुराकी कमला ओली, राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओली, न्यायाधीस राम ओलीलाई पनि अभिनन्दन गर्न लागिएको ओली वंश अक्षय कोषका अध्यक्ष केशवमणि ओलीले जानकारी दिए । 

प्रधानमन्त्रीले आफूलार्इ सम्मान गर्ने भए बालुवाटारमै आउन निर्देशन गरेका थिए। सोही निर्देशन बमोजिम नितान्त व्यक्तिगत कार्यका लागि ओली वंशको भेला बालुवाटारमा राखिएको जनाइएको छ। 

भेलामा सहभागीलार्इ खाजा नास्ताको समेत व्यवस्था गरिएको छ। तीन/चार घन्टासम्म चल्ने उक्त कार्यक्रमलार्इ सामान्य रुपमा लिनुपर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए। 

सरकारी ढुकुटीबाट खर्च हुने भएकाले यस्ता कार्यक्रममा बालुवाटारमा आयोजना गर्नु अनुचित भएको भन्दै आलोचना हुन थालेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।