बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • पार्टी सभापति देउवाले तरुण अध्यक्ष गुरुङलाई भने– लाग लाग उम्मेदवार जिताउन लाग

पार्टी सभापति देउवाले तरुण अध्यक्ष गुरुङलाई भने– लाग लाग उम्मेदवार जिताउन लाग

प्रधानमन्त्री देउवाद्वारा आगामी निर्वाचनमा पार्टीको बहुमत आउने गरी प्रचारमा लाग्न अध्यक्ष गुरुङलाई निर्देशन।
 |  आइतबार, असोज ३०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३०, २०७९

काठमाडौं– नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा आगामी चुनावी कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा छलफल गरेका छ।

National life

भेटमा तरुण दल अध्यक्ष गुरुङले नजिकिँदै गएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सम्पूर्ण तरुण शक्ति परिचालित गर्ने जानकारी देउवालाई गराए।

तरुण दल अध्यक्षको हैसियतमा पार्टीलाई जिताउन केही दिनभित्रै देश दौडाहामा निस्किने र हरेक निर्वाचन क्षेत्र पुगेर उम्मेदवार जिताउने रणनीतिसहित अगाडि बढ्ने उनले प्रधानमन्त्री देउवालाई सुनाए।

छलफलमा प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा पार्टीको बहुमत आउने गरी प्रचारमा लाग्न अध्यक्ष गुरुङलाई निर्देशन दिए। प्रधानमन्त्री देउवाले भने, ‘लाग लाग उम्मेदवार जिताउन लाग।’

प्रकाशित: Oct 16, 2022| 12:26 आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...