काठमाडौं- बालबालिका र महिलामाथि बलात्कार गर्नेलाई कारबाही गर्न माग गर्दै शुक्रबार राजधानीमा विद्यालय र क्याम्पसका छात्राहरुले विरोध प्रदर्शन गरेका छन्।
उनीहरुले विद्यालयका छात्रादेखि नाबालिका र वृद्धामाथि बलात्कार गर्नेलाई मृत्युदण्ड दिन सरकारसँग माग गरेका छन्। डिल्लीबजार कन्या बहुमुखी क्याम्पस र डिल्लीबजार कन्या उच्च माध्यमिक विद्यालयका छात्राहरुले शुक्रबार डिल्लीबजार पुतलीसडक, कमलादी घण्टाघर हुँदै रत्नपार्क शान्तिबाटिकासम्म प्रदर्शन गरेका हुन्।
छात्राहरु परिवार, समाज र मुलुकमै असुरक्षित भएको भन्दै सुरक्षाको माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्। विभिन्न नारासहित शान्तिबाटिका पुगेका छात्राहरुले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएका छात्रा निर्मला पन्तसहित अन्य मृतक महिलाको सम्झनामा एक मिनेट मौनधारण गरेका थिए।
रिपब्लिक नेपाल महिलामाथिको बलात्कारको घटनाले 'रेप पब्लिक' मा परिणत हुन लागेको भन्दै विद्यार्थीहरुले चिन्ता व्यक्त गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४