बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री देउवाद्वारा शताब्दी पुरुष जोशीको निधनप्रति दु:ख व्यक्त

प्रधानमन्त्री देउवाद्वारा शताब्दी पुरुष जोशीको निधनप्रति दु:ख व्यक्त

प्रधानमन्त्री शेरबहादुर देउवाल शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दु:ख व्यक्त गरेका छन्।
 |  आइतबार, असोज ३०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३०, २०७९

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाल शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दु:ख व्यक्त गरेका छन्।

National life

'शताब्दी पुरूष सत्यमोहन जोशीको निधनको खबरले निकै दुःखी भएको छु। उहाँले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधै सम्झिरहनेछ। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु,' प्रधानमन्त्री देउवाले भनेका छन्।

शताब्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ। ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा जोशीको उपचारको क्रममा आइतबार बिहान निधन भएको हो।

जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो। उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो। रगत जाँच गर्दा जोशीमा डेंगु संक्रमण पुष्टि भएको थियो।

प्रकाशित: Oct 16, 2022| 08:54 आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...