सोमबार, साउन १८, २०८३

डडेल्धुरामा नेकपा एस र कांग्रेस (वीपी) बीच चुनावी तालमेल

डडेल्धुरामा नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेस (वीपी) बीच चुनावी तालमेल भएको छ। आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा एकीकृत समाजवादी डडेल्धुरा र नेपाली कांग्रेस (वीपी) बीच तालमेल गर्ने सहमति भएको हो।
 |  आइतबार, असोज ३०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३०, २०७९

डडेल्धुरा- डडेल्धुरामा नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेस (वीपी) बीच चुनावी तालमेल भएको छ। आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा एकीकृत समाजवादी डडेल्धुरा र नेपाली कांग्रेस (वीपी) बीच तालमेल गर्ने सहमति भएको हो।

शनिबार पत्रकार सम्मेलन गर्दै दुबै पार्टीले मंसिर ४ गते हुने निर्वाचनमा संयुक्त रूपमा होमिने जनाएका छन्।

प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुईवटा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा नेपाली कांग्रेस वीपीले प्रतिनिधिसभामा कर्णबहादुर मल्ललाई उम्मेदवार बनाएको छ।

सत्ता गठबन्धनबाट असन्तुष्ट नेकपा एसका नेता डा. तारा जोशीले पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन्। पार्टी परित्याग गरे पनि जोशीलाई नेकपा एस डडेलधुराले समर्थन गरेको छ।

जसअनुसार एसले कांग्रेस वीपीसँग तालमेल गरेको हो। नेकपा एस र कांग्रेस वीपीबीच ६ बुँदे चुनावी समझदारी भएको एकीकृत समाजवादी जिल्ला अध्यक्ष कवीन्द्र विष्टले बताए।

यसअघि नेकपा एमाले डडेलधुरासँग पनि चुनावी मोर्चाबन्दी हुने भनेता पनि शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै एमाले डडेलधुराले कांग्रेस (वीपी)सँगको चुनावी गठबन्धन भंग गरेको जनाएको थियो। वीपी कांग्रेसले सहमतिविपरीत प्रदेशसभा २ मा एमाले उम्मेदवारलाई नभई स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेकोले चुनावी तालमेल भंग गरिएको एमाले डडेल्धुराको आरोप थियो।

प्रकाशित: Oct 16, 2022| 07:50 आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...