बुधबार, असार ३, २०८३

प्रतिनिधिसभा र प्रदेशसभातर्फ खस आर्य उम्मेदवारको बाहुल्य

आसन्‍न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ समावेशी समूहमा खस आर्य समूहका उम्मेदवारको बाहुल्य देखिएको छ।
 |  आइतबार, असोज ३०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३०, २०७९

काठमाडौं- आसन्‍न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ समावेशी समूहमा खस आर्य समूहका उम्मेदवारको बाहुल्य देखिएको छ। 

National life

प्रतिनिधिसभातर्फ कूल दुई हजार चार सय १२ उम्मेदवारमध्ये खस आर्य समूहमा सबैभन्दा बढी एक हजार १७ जनाको उम्मेदवारी कायम भएको निर्वाचन आयोगको तथ्यांक छ। आदिवासी जनजाति समूहमा छ सय ४१, मधेसी समूहतर्फ पाँच सय छ, दलिततर्फ ९७, मुस्लिमतर्फ ८२ र थारु समूहतर्फ ६९ जनाको उम्मेदवारी कायम भएको छ। 

प्रदेशसभातर्फ पनि खसआर्य समूहका उम्मेदवार बढी देखिएका छन्। खसआर्यतर्फ एक हजार ५५ जनाको उम्मेदवारी कायम भएको छ। प्रदेशसभा सदस्य निर्वाचनका लागि तीन हजार २२४ जनाको उम्मेदवारी दर्ता भएको छ। 

प्रदेशसभातर्फ नौ सय छ आदिवासी जनजाति, आठ सय ७४ मधेसी, एक सय ४५ मुस्लिम, एक सय ४४ दलित र एक सय जना थारु समूहतर्फ उम्मेदवारी कायम भएको छ। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि यही असोज २३ गते देशभर उम्मेदवारको मनोनयनपत्र दर्ता भएको थियो। 

प्रकाशित: Oct 16, 2022| 06:00 आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...