शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • रुपन्देही–२ उम्मेदवारी खारेजी प्रकरणः दैनिक धर्ना, निर्वाचन अधिकृतविरुद्ध प्रदर्शन

रुपन्देही–२ उम्मेदवारी खारेजी प्रकरणः दैनिक धर्ना, निर्वाचन अधिकृतविरुद्ध प्रदर्शन

बुटवल उपमहानगरपालिकाको कार्यालयमा राखिएको निर्वाचन अधिकृतको कार्यालयमा प्रमुख निर्वाचन अधिकृत उदविर नेपाली ३ दिनदेखि सम्पर्कविहिन भएर बसेका छन्।
 |  शुक्रबार, असोज २८, २०७९

विनोद परियार

विनोद परियार

शुक्रबार, असोज २८, २०७९

बुटवल– रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयले पूर्वाग्रही रुपमा काम गरेको तथा निर्वाचन कार्यतालिका अनुसार काम नगरेको भन्दै २ दिनदेखि धर्ना र प्रदर्शन भइरहेको छ। 

triton college

बुटवल उपमहानगरपालिकाको कार्यालयमा राखिएको निर्वाचन अधिकृतको कार्यालयमा प्रमुख निर्वाचन अधिकृत उदविर नेपाली ३ दिनदेखि सम्पर्कविहिन भएर बसेका छन्। गठबन्धनबाट उम्मेदवार भएका राजु गुरुङ, हाम्रो नेपाली पार्टीका डा. कमल भुसाल (निकोलस) र स्वतन्त्र हिमाल बस्यालको उम्मेदवारी खारेज भएसँगै निर्वाचन अधिकृतको कार्यालयमा धर्ना र प्रदर्शन चर्किन थालेको हो। निर्वाचन अधिकृत नेपालीको भूमिका नै शंकास्पद भएको भन्दै सत्ता गठन्धनका दलहरुले अधिकृत परिवतर्नको माग सहित ज्ञापनपत्र बुझाएका छन्। 

निर्वाचन कार्यतालिका अनुसार बुधबार अपरान्ह ५ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने र साँझ ७ बजेसम्म निर्वाचन चिन्ह प्रदान गर्नुपर्ने थियो। तर, निर्वाचन क्षेत्र न. २ को निर्वाचन अधिकृतको कार्यालयले समयसिमाको पालना गरेन। राति ९ बजे मात्र निर्वाचन कार्यालय परिसर र फेसबुकमा उम्मेदवारहरुको नामावली र चिन्ह प्रदान गर्यो। जबकी कार्यतालिका फेरबदल गर्नुपरेमा सूचना जारी गर्नुपर्छ। तर, निर्वाचन क्षेत्र नम्बर २ निर्वाचन अधिकृतको कार्यालयले भने रातिमात्रै सूचना निकाल्ने र कार्यतालिका उल्लंघन गर्ने काम गर्दै आएको छ। 

मनोनयनपत्रको उजुरी जाँचबुझमा समेत निर्वाचन अधिकृतको कार्यालयले समयतालिका उल्लंघन गर्यो। असोज २४ गते साँझ ३ बजेसम्म उजुरी दिन पाउने कार्यतालिका हो। परेका उजुरीमाथी जाँजबुझ असोज २४ गते ३ देखि २५ गते दिउँसो ३ बजेसम्मको समय तोकियो। तर, निर्वाचन अधिकृतको कार्यालयले यो अवधीमा परेका उजुरीमाथी जाँचबुझ गरेर साँझ ५ बजेसम्म निर्णय गरेर सार्वजनिक गर्नुपर्नेमा त्यसो गरेन। उम्मेदवारमाथि जाँचबुझको निर्णय राती ११ः२० बजेमात्रै सार्वजनिक गरियो। यी घटनाक्रमले रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयले कार्यतालिका निरन्तर उल्लंघन गर्दै आएको छ। 

निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई समेत समयमा सूचना नदिने र दुःख दिएको नेपाल मजदुर किसान पार्टीका तर्फबाट उम्मेदवार भएका हरिसुन्दर बासीले बताए। उनले आफ्नो स्थानीय तहको उम्मेदवार हुँदा खर्च विवरण बुझाएर पनि कार्यालयको लापरवाहीले झन्डै उम्मेदवारी दिनबाट बञ्चित हुनुपरेको बताए। निर्वाचन क्षेत्र न. २ को निर्वाचन अधिकृतको कार्यालयले कार्यतालिका अनुसार काम नगरेको विषयमा गुनासोहरुको आएको रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कृष्ण प्रसाद कोइरालाले बताए। उनले अदालतमा मुद्दा नै परेकाले त्यस बिषयमा अहिले बोल्न नहुने बताए। 

corrent noodles
Metro Mart

अधिकृतको भूमिका शंकास्पद  

निर्वाचन अधिकृत उदविर नेपाली। 

निर्वाचन अधिकृत नेपालीको भूमिका नै शंकास्पद रहेको भन्दै दलहरुले आपत्ती जनाउँदै ज्ञापनपत्र नै पेश गरेका छन्। राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको स्वकीय सचिवको जिम्मेवारीमा रहेको  र उनकी पत्नी नेकपा एमालेको तर्फबाट गण्डकी प्रदेशमा सांसद रहेकाले निर्वाचन अधिकृतको भूमिका पूर्वाग्रही देखिएको नेकपा एकीकृत समाजवादी लुम्बिनीका अध्यक्ष सोमप्रसाद पाण्डेले बताए। 

रुपन्देही–२ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका राजु गुरुङलाई ‘कालोसूचीमा परेको’ भन्दै उम्मेदवारी खारेज गरेर निर्वाचन अधिकृतले पूवाग्रह देखाएको उनको भनाइ छ। निर्वाचन अधिकृत नेपाली नै एमालेको संगठित सदस्य रहेको भन्दै सामाजिक सञ्जालमा आलोचना गरिएको छ। पर्वत घर भएका नेपालीले २०६३ सालमा एमालेको संगठित सदस्यता लिएको देखिएकाले निर्वाचन अधिकृतको रुपमा काम गर्न नसक्ने भन्दै सामाजिक सञ्जालमा शंकर गाहाले प्रश्न उठाएका छन्।

व्यक्तिगत रुपमा कर्जा सूचना केन्द्रको कालोसूचीमा गुरुङ नपरेको नेता पाण्डेको जिकिर छ। कर्जा सूचना केन्द्रले गुरुङ शेयर सदस्य रहेको कम्पनीलाई कालोसूचीमा राखेको र त्यसविरुद्ध उनको कम्पनी पुनरावेदनको रिट दर्ता भई मुद्धा विचाराधिनमा रहेकाले उम्मेदवारी खारेज गर्न नमिल्ने उनले बताए। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले भने निर्वाचनमा खटिने कर्मचारीहरुलाई पनि आचार संहिता लाग्ने बताउँदै कुनै पनि दलनिकट रहेर काम गर्न नहुने बताए। उनले निजामती ऐन, निर्वाचन आचार संहिता अनुसार संलग्नता पाइएमा विभागिय कारवाही हुने बताए। 

एमालेले झुक्याएर हस्ताक्षर गरायोः टोपनारायण 
रुपन्देही क्षेत्र न २ का स्वतन्त्र उम्मेदवार डा.कमल भुसाल (निकोलस) विरुद्ध उजुरी दिने टोप नारायण पौडेलले आफूलाइ झुक्काएर एमालेले हस्ताक्षर गराइएकोे बताएका छन। ‘मलाई एमालेका मान्छेले गेटबाटै हतारहतार हस्ताक्षर गराए, केहि हुन्न भनेर पढ्न समेत पाइन। कमल भुसाल भनेर झुक्काइयो, मैले त निकोलस र कमल एउटै हो भन्ने समेत थाहा पाइन,’ उनले टेलिफोनमा भने, ‘पछि थाहा पाएपछि म साह्रै दुःखी भएँ।’ 

उनले आफू एमालेकै कार्यकर्ता भएपनि निकोलसलाई समर्थन गर्ने बताए। त्यस्तै अर्का स्वतन्त्र उम्मेदवार भनिएका विष्णु विक पनि एमालेकै स्थानीयस्तरका कार्यकर्ता भएको खुलेको छ। चुनावमा सवारीसाधन प्रयोग तथा अन्य सुविधाका लागि  स्वतन्त्र उम्मेदवारी दिन लगाइएको एमालेका एक नेताले बताए। वेष्ट प्रोजेक्ट कन्सल्टिङ एण्ड सप्लायर्सका सञ्चालक अञ्जित विष्ट एमाले निकट युवा संघका कार्यकर्ता हुन्। महेश बस्नेतसँग निकट रहेका विष्ट ठूला ठूला ठेक्कापट्टामा संलग्न छन्। गुरुङले निर्वाचन आयोगको खारेजी विरुद्ध सर्वोच्चमा रिट दायर गरेका छन्। शुक्रबार पेशी रहेपनि कानुन व्यवसायीले समय माग गरेकाले आइतबारमात्र सुनुवाइ हुने भएको छ।  

उम्मेदवारी खारेजी भएपछि पत्रकार सम्मेलनका लागि काठमाडौं पुगेका डा. कमल भुसाल (निकोलस) ले चुनाव जित्ने देखेपछि नियोजित ढंगले हराउन योजना बनाएको बताए।  लगातार तीन पटक जितेका एमाले उपाध्यक्ष विष्णु पौडेललाई सहज बनाउन नियोजित रुपमा उम्मेदवारी खारेज गराइएको भन्दै दैनिक धर्ना र प्रदर्शन भइरहेको छ। 

प्रकाशित: Oct 14, 2022| 18:50 शुक्रबार, असोज २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।