शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विप्लव समुहकी नेत्री उमा भुजेल पनि रिहा लगत्तै पुन: पक्राउ 

विप्लव समुहकी नेत्री उमा भुजेल पनि रिहा लगत्तै पुन: पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठामाडौं- नेपाल कम्युनिस्ट पार्टी विप्लव समुहकी पोलिटब्यूरो सदस्य ता पुर्व सांसद उमा भुजेल सर्वोच्च अदालतको आदेशमा रिहा भए लगतै पुन: पक्राउ परेकी छन्। 

बन्दि प्रत्क्षीकरणको मुद्धामा सर्वोच्च अदालतले शुक्रबार रिहा गर्ने आदेशमा उनी रिहा भएकी थिइन्। महानगरीय प्रहरी परीसर काठमाडौंको टोलीले उनलार्इ शुक्रबार पुन: पक्राउ गरी नुवाकोट पठाएको जनाएको छ।

अघिल्लो हप्ता पक्राउ गरिएकी भुजेललाई सर्वोच्चका न्यायाधीसद्वय सारदाप्रसाद घिमिरे र प्रकाशमानसिँह राउतको इजलासले नेकपा नेतृ भुजेललाई सर्वोच्चका मुख्य रजिष्ट्रारको रोहवरमा छाड्न आदेश दिएको हो।

पार्टीकी पोलिटब्यूरो सदस्य समेत रहेकी भुजेललाई प्रहरीले १२ भदौमा पक्राउ गरेपछि उनको तर्फबाट प्रतिमा भुजेलले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।

भुजेललाई नुवाकोटमा सार्वजनिक सम्पतीमा आगो लगाएको लगायत सार्वजनिक अपराधमा मुद्धा दर्ता भएको छ। 

यसअघि पक्राउ पछि उनलाई काभ्रेको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडामा कुन्साङ लामाले सञ्चालन गरेको क्रसर उद्योगमा आगजनी गरेको मुद्दामा तीन पटक म्याद थप गरी हिरासतमा राखिएको थियो।

यसअघि सर्वाेच्चले चार पटक रिहाईको आदेश दिएपनि नेकपा प्रबक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई प्रहरीले अदालत परिसरबाटै गिरफ्तार गरेको थियो।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।