बिहीबार, भदौ ४, २०८३

शर्माले सम्हाले नेपाली सेनाको कमान्ड

बलाधिकृत रथी प्रभुराम शर्माले कायममुकायम प्रधानसेनापतिका रूपमा नेपाली सेनाको नेतृत्व लिएका छन्।
 |  सोमबार, साउन २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०७८

काठमाडौं– बलाधिकृत रथी प्रभुराम शर्माले कायममुकायम प्रधानसेनापतिका रूपमा नेपाली सेनाको नेतृत्व लिएका छन्। उनलाई जंगी अड्डामा सोमबार प्रधानसेनापति पूर्णचन्द्र थापाले नेतृत्व हस्तान्तरण गरेका हुन्। प्रधानसेनापति थापा र बलाधिकृत रथी शर्माबीच बुझबुझारथ पनि सम्पन्न भएको छ। 

साउन १७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई कायममुकायम प्रधानसेनापति तोकेकी थिइन्। सरकारको सिफारिसमा शर्मालाई कायममुकायम प्रधानसेनापति तोकिएको थियो। प्रधानसेनापति पूर्णचन्द्र थापाले २४ भदौबाट अनिवार्य अवकाश पाउँदै छन्। थापा बिदामा बस्ने भएपछि ज्येष्ठता क्रममा रहेका शर्मालाई कायममुकायम प्रधानसेनापति तोक्नका लागि सरकारले सिफारिस गरेको थियो। 

शर्मालाई २६ साउनदेखि लागू हुने गरी कायममुकायम प्रधानसेनापति तोकिएको थियो। प्रधानसेनापति अवकाश हुनुभन्दा एक महिनाअघि बिदामा बस्ने चलन छ। शर्मा एक महिनापछि स्वतः प्रधानसेनापति हुनेछन्। 

प्रकाशित: Aug 09, 2021| 17:42 सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।