बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • जति सक्छु १० वर्ष सक्रिय काम गर्छु, त्यसपछि स्वीच अफ गरेर बाटो लाग्ने हो : गगन थापा

जति सक्छु १० वर्ष सक्रिय काम गर्छु, त्यसपछि स्वीच अफ गरेर बाटो लाग्ने हो : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अबको १० वर्ष सक्रिय राजनीति गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
 |  शुक्रबार, असोज २८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २८, २०७९

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अबको १० वर्ष सक्रिय राजनीति गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

National life

सामाजिक सञ्जालमार्फत थापाले एक भिडिओ सन्देश जारी गर्दै १० वर्ष काम गर्ने र त्यसपछि बिदा लिने स्वघोषणा गरेका हुन्। महामन्त्री थापाले १० वर्षपछि स्वीच अफ गरेर आफ्नो बाटो लाग्ने र नयाँ अनुहारलाई ठाउँ दिने बताएका छन्। 

‘म त जम्मा १० वर्ष हो। अब १० वर्ष काम गर्छु, मरेर जति सक्छु गर्छु। ठ्याक्क १० वर्षपछि स्वीच अफ गरेर आफ्नो बाटो लाग्ने हो,’ थापाले भिडिओ सन्देशमार्फत भनेका छन्, ‘मैले त नयाँ मान्छेलाई ठाउँ दिने हो। त्यो बेलासम्म यति खतरा नयाँ मान्छे आइसकेको हुन्छ, हुनैपर्छ। कि उनीहरूले हाम्रोभन्दा राम्रो गर्नैपर्‍यो। यो बुडाहरुले हामीलाई त्यो गर्न दिएन। हाम्रो बाटो रोक्यो, हामी लडिराछौं फेरि। गर्न दिएन भनेर हात उठाएर हिँडेको होइन्।’

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि थापाले काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका छन्।

प्रकाशित: Oct 14, 2022| 09:48 शुक्रबार, असोज २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...