बुधबार, असार ३, २०८३

प्रतिगामीसँग केपी ओलीले साँठगाँठ गरेका छन् : सहरी मन्त्री चौधरी

दाङ क्षेत्र नम्बर १ का सत्ता गठबन्धनका साझा उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले प्रतिगामीसँग केपी ओलीले साँठगाँठ गरेको बताएका छन्।
 |  शुक्रबार, असोज २८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २८, २०७९

देउखुरी- दाङ क्षेत्र नम्बर १ का सत्ता गठबन्धनका साझा उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले प्रतिगामीसँग केपी ओलीले साँठगाँठ गरेको बताएका छन्। 

National life

पाँच दलीय बाम लोकतान्त्रिक गठबन्धनद्वारा बिहीबार लमहीमा आयोजित संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले भने, 'आज हामी विशेष परिस्थितिमा छौं। सबै दल एक ठाउँमा आएका छौं। नेपालको संबैधानिक सर्वोच्चता, कानुनी राज्य, समावेशी लोकतन्त्र, गणतन्त्रलाई संस्थागत गर्न फेरि पनि एक हुनुपरेको छ। २००७ सालदेखि हामी पटक पटक एक ठाउँमा आएका छौं। मिलेरै राष्ट्रिय चुनौतिहरूको सामना गरेका छौं। आज फेरि प्रतिगामीहरुसँग केपी ओलीले साँठगाँठ गरेर संविधानले सुनिश्चित गरेका नयाँ उपलब्धि समाप्त पार्न खोजिरहेका छन्।’

देउखुरीका नेता परशुनारायण चौधरी, खुम बहादुर खड्का दुवैले कसैलाई पनि काखापाखा नगरि काम गरेको चौधरीले सम्मरण गरे। ‘समस्या राख्ने जोसुकैको काम गरिदिने उहाँहरुको अत्यन्त राम्रो बानी थियो। उहाँहरुले यो क्षेत्रलाई मात्र होइन सिंगो नेपाली कांग्रेसलाई यो स्थानमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्नुभएको छ। विकास, निर्माण र रोजगारीका क्षेत्रमा उहाँहरुको योगदान भुल्न सकिदैन,’ चौधरीले भने।

कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्री इन्द्रजीत थारु, माओवादी जिल्ला इन्चार्ज निर्मल गौतम, क्षेत्र नम्बर १ (ख)का उम्मेदवार अनुराग खड्का, नेपाली कांग्रेसका क्षेत्रीय सभापति भेषराज पाण्डे, एकीकृत समाजवादीका नेता रामप्रसाद गैरे लगायत गठबन्धनका नेताहरुले मन्तव्य राखेका थिए।

प्रकाशित: Oct 14, 2022| 09:21 शुक्रबार, असोज २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...