काठमाडौं–गुण्डा नाईके सुकबहादुर तामाङ बाघेलाइ सार्वजनिक अपराध अन्र्तगत मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ ।
बालाजु नयाँ बसपार्क एरियामा गुण्डागर्दी अपहरण तथा फिरौती असुली गदै आएका उनलाई व्यवसायीलाई कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।
बिहीबार बालाजुको ढुङ्केधाराबाट पक्राउ परेका उनलाई काठमाडौ जिल्ला अदालतले बाघेलाई बिहिबार ७ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
दिपक मनाङे समुहमा रहेर लामो समय गुण्डाराज चलाएका बाघे हप्ता असुली, अपहरण, शरीर बन्धकलगायतका आपराधिक घटनामा संलग्न भएको आरोप भएकाले त्यसको प्रमाण संकलनमा जुटेको प्रहरी परिसरले जनाएको छ ।
परिसरका एसएसपी बसन्तकुमार लामाले बाघे आपराधिक पृष्ठभुमीको भएको र पटक पटक पक्राउ पदै छुटदै गरेकाले यसपटक बलियो प्रमाण सहित अदालत पेस गरिने बताए ।
बाघेको नेपालका क्यासीनोमा समेत लगानी रहेको बुझिएको छ । नेपाली काग्रेस नजिक रहेका बाघेलालाई प्रहरीले पटकपटक पक्राउ गरेको भएपनि काग्रेसका प्रभावशाली नेताको दवाबमा छुटदै आएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४