शुक्रबार, असार ५, २०८३

नेपाल आइपुगे नवनियुक्त अमेरिकी राजदूत थम्पसन

नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसन नेपाल आइपुगेका छन्।
 |  शुक्रबार, असोज २८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २८, २०७९

काठमाडौं- नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसन नेपाल आइपुगेका छन्। 

National life

राजदूत र्‍याण्डी बेरी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किएको एक हप्तापछि नवनियुक्त राजदूत थम्पसन नेपाल आइपुगेका हुन्।

काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार थम्पसनले केही दिनको आरामपछि नेपाल सरकारसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नेछन्।

राजदूत बेरी नामिबियाका लागि अमेरिकी राजदूत नियुक्त भएसँगै आफ्नो चार वर्षे कार्यकाल सकाएर गत आइतबार स्वदेश फर्किएका थिए। उनी फर्किएको दुई दिनअघि शुक्रबार मात्रै थम्पसनले नेपालका लागि नवनियुक्त अमेरिकी राजदूतको शपथ ग्रहण गरेका थिए।

प्रकाशित: Oct 14, 2022| 06:43 शुक्रबार, असोज २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...