सोमबार, साउन १८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सत्ता गठबन्धनको चुनावी कमाण्डर बने नेता पौडेल, सातै प्रदेशमा कार्यकर्ता भेला गर्ने

सत्ता गठबन्धनको चुनावी कमाण्डर बने नेता पौडेल, सातै प्रदेशमा कार्यकर्ता भेला गर्ने

सत्ता गठबन्धनले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चुनावी कमाण्डर बनाएको छ।
 |  बिहीबार, असोज २७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २७, २०७९

काठमाडौं- सत्ता गठबन्धनले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चुनावी कमाण्डर बनाएको छ। 

सत्ता गठबन्धनको बिहीबार बसेको बैठकले नेता पौडेलको नेतृत्वमा निर्वाचन परिचालन समन्वय समिति गठन गरेको छ।

गठबन्धनले प्रदेश र जिल्लास्तरमा पनि सत्तारुढ गठबन्धनमा रहेका दलका प्रमुखहरु रहेको प्रदेश निर्वाचन समन्वय समिति गठन गर्ने निर्णय गरेको छ।

त्यस्तै बैठकले सबै प्रदेशमा गठबन्धनको संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय समेत गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

ती नेताका अनुसार कात्तिक ४ गते गण्डकी प्रदेशको पोखरामा र लुम्बिनी प्रदेशको बुटवलमा भेला हुनेछ। त्यस्तै ५ गते विराटनगर र जनकपुरमा ६ गते धनगढी र सुर्खेतमा र ७ गते काठमाडौंमा भेला हुने छ।

भेलामा गठबन्धनमा रहेका दलका केन्द्रीय समिति सदस्य, प्रदेश पदाधिकारी तथा जिल्लाबाट प्रमुख सहित ३/३ जना सहभागी गराउने सत्तारुढ गठबन्धनले निर्णय गरेको छ।

प्रकाशित: Oct 13, 2022| 20:13 बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...