शनिबार, वैशाख २२, २०८१

गुल्मी-२ मा बागीका कारण झाँक्रीलाई सकस, विष्टलाई सहज

१ वर्ष अघिसम्म एउटै पार्टी र एउटै गुटको राजनीति गर्दै आएका गोकर्ण विष्ट र रामकुमारी झाँक्रीबीचको प्रतिस्पर्धालाई निकै चाखपूर्ण रुपमा हेरिएको छ। झाँक्री नेकपा एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीकी सचिव हुन् भने विष्ट एमालेका सचिव।
 |  आइतबार, असोज ३०, २०७९

भीमा पन्थी

भीमा पन्थी

आइतबार, असोज ३०, २०७९

गुल्मी- गुल्मी क्षेत्र नम्बर २ मा दुई पूर्व सहकर्मी चुनावी मैदानमा छन्। नेकपा एमाले विभाजनअघि गोकर्ण विष्टलाई जिताउन मैदानमा होमिएकी रामकुमारी झाँक्री अहिले उनैलाई पराजित गर्न लागिपरेकी छन्।

triton college

१ वर्षघिसम्म एउटै पार्टी र एउटै गुटको राजनीति गर्दै आएका विष्ट र झाँक्रीबीचको चुनावी प्रतिस्पर्धालाई निकै चाखपूर्ण रुपमा हेरिएको छ। झाँक्री नेकपा एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीकी सचिव हुन् भने विष्ट एमालेका सचिव।दुवैको गृहजिल्ला गुल्मी भए पनि विष्टसँग तीन पटकसम्म निर्वाचन जितेको छाप छ भने झाँक्रीलाई माओवादी र कांग्रेसको बलियो साथ मिलेको छ।

आफ्नै पूर्व राजनीतिक सहकर्मी मैदानमा उत्रिएका कारण विष्टलाई पनि विगतको निर्वाचनजस्तो सहज छैन। झाँक्री पहिलो पटक परीक्षणका लागि जनतामाझ गएका कारण उनको पहिलो परीक्षा कस्तो होला भन्‍ने कुरालाई पनि चासोका साथ हेरिएको छ। तीनपटक चुनाव जितिसकेको र सरकारमा पनि सहभागी भएर पनि गुल्मीका जनताका लागि विष्टले के गरे भन्‍दै जनताले उनलाई प्रश्‍न गर्न थालेका छन्।

एमाले जिल्ला कमिटी सदस्य रितबहादुर थापा विष्टको जित सुनिश्‍चित भएको दाबी गर्छन्। ‘विगतका वर्षमा जस्तो सजिलो पक्कै नहोला तर एमालेको उपस्थिति बलियो छ,’ उनले भने, ‘एमालेको जित सुनिश्चित जस्तै हो।’

स्थानीय तहको कुल मत र विष्टको प्रभाव राम्रो भएका कारण गठबन्धनलाई हराउन असहज नभएको उनको भनाइ छ। झाँक्री सत्ता गठबन्धनको साझा उम्मेदवार भए पनि नेपाली कांग्रेसबाट दामोदर भुसाल बागी भएका कारण उनका लागि सहज भने छैन। भुसालले सत्ता गठबन्धनको विरोध गर्दै बागी उम्मेदवारी दिएका हुन्।  

corrent noodles
Metro Mart

गठबन्धनबाट झाँक्रीले टिकट पाए पनि कांग्रेस नेता डा. भुसालले पनि उम्मेदवारी दिएका छन्। नेपाली कांग्रेसमा आबद्ध रही तीन दशकभन्दा लामो समय राजनीति गरेका भुसालले पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन्। २०४७ मा जिल्लाको सदरमुकाम तम्घासस्थित महेन्द्र उच्च माध्यमिक विद्यालयमा नेविसंघको सचिव भएका उनी पार्टीको क्षेत्रीय सभापतिसम्म भइसकेका व्यक्ति हुन्। यसअघि उनी लुम्बिनी प्रदेश योजना आयोगका सदस्य थिए। 

आफूले विगतमा कांग्रेसका एजेण्डामा टेकेर निष्पक्ष रुपमा काम गरेका कारण सबै पार्टी तथा स्थानीयसँग राम्रो सम्बन्ध रहेको उनले  बताए। ‘मैले अहिलेसम्म पार्टीका एजेण्डामा टेकेर जनताको लागि काम गरेको छु। मसँग सबै पार्टी र जनता खुसी छन्,’ उनले भने, ‘सबैले पार्टी जान्दैनौँ, दामोदर चाहिन्छ भन्‍नुभएको छ। त्यसैले राम्रो मत लिएर विजयी हुनेमा म विश्‍वस्त छु।’

१ वर्ष अघिसम्म एउटै पार्टी र एउटै गुटको राजनीति गर्दै आएका गोकर्ण विष्ट र रामकुमारी झाँक्रीबीचको प्रतिस्पर्धालाई निकै चाखपूर्ण रुपमा हेरिएको छ। झाँक्री नेकपा एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीकी सचिव हुन् भने विष्ट एमालेका सचिव।

चुनावी मैदानमा उम्मेदवारको रुपमा योभन्दा पहिला नहोमिए पनि उनले भूगोलको राजनीति गरेका कारण राम्रै मत पाउने आकलन गरिएको छ, जसले गर्दा झाँक्रीका मत काटिनेछन्। लामो समयदेखि एमालेबाट एउटै अनुहार पाउँदै आएकाले एमालेको मत पनि आफ्नो पोल्टोमा पर्ने भुसालको दाबी छ। गठबन्धनबाट झाँक्रीले टिकट पाए पनि कांग्रेसप्रति आस्था राख्‍ने जनता आफ्नो पक्षमा रहेको उनले बताए। 

स्थानीय तह चुनावको आधारमा हेर्ने हो भने एकीकृत समाजवादीको उपस्थिति गुल्मीमा निकै कमजोर छ। झाँक्रीले पाउने मतको मुख्य आधार पार्टीभन्दा पनि आफ्नो लोकप्रियता हो। गुल्मीबाट राजनीतिक क्षेत्रमा चम्किएको महिला अनुहार र युवामाझ उनको लोकप्रियताका साथै गठनबन्धनको साथ उनको आश हो। पार्टीको बलियो उपस्थिति हुन नसक्नु उनलाई चुनौती देखिन्छ। केही साता अघिमात्रै एकीकृत समाजवादीका जिल्ला इन्चार्ज र जिल्ला अध्यक्षलगायत नेता-कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका थिए। यसले पनि झाँक्रीलाई थप दबाब पर्ने देखिन्छ। 

गुल्मी–२ अन्तर्गत मालिका, मदाने, धुर्कोट र इस्मा गरी ४ गाउँपालिका र मुसिकोट र रेसुंगा दुई नगरपालिका पर्छन्। गत स्थानीय चुनावमा ६ पालिकामध्ये एकमा एमाले, २ पालिकामा माओवादी र ३ पालिकामा कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन्। 

स्थानीय निर्वाचनको परिणाम हेर्दा इस्मामा कांग्रेस विजयी भएको थियो। कांग्रेसका उम्मेदवार भगतसिंह खड्काले ५ हजार ५८९ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी हिराबहादुर अर्यालले ५ हजार ४६४ मत प्राप्त गरेका थिए। माओवादीका देवीराम अर्यालले ६ हजार १६७ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी एमालेका रितबहादुर थापाले ४ हजार ६१७ मत प्राप्त गरेका थिए। 

मदानेमा पनि नेपाली कांग्रेसले विजयी हासिल गरेको थियो। कांग्रेसका उम्मेदवार महेन्द्रबहादुर कुँवरले ४ हजार ७०७ मत प्राप्त गरी विजयी भएको थियो। प्रतिस्पर्धी एमालेका उम्मेदवार प्रेमबहादुर केसीले ४ हजार ६९४ मत प्राप्त गरेका थिए। 

धुर्कोटमा माओवादीले जित हात पारेको थियो। माओवादी उम्मेदवार भुपाल पोखरेलले ६ हजार ८९ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी महेन्द्रप्रसाद भण्डारीले ४ हजार २६१ मत प्राप्त गरेका थिए। यसैगरी रेसुंगामा कांग्रेसले जितेको थियो। खिलध्वज पन्थीले ८ हजार ६१४ मत लिएर विजयी भएका हुन्। एमालेका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेयले ७ हजार ३२० मत लिएका थिए। 

मुसिकोटमा भने एमालेले विजय हासिल गरेको थियो। गठबन्धनलाई पछि पार्दै एमाले उम्मेदवार जीवलाल खरेलले ७ हजार ३९९ मत प्राप्त गरेका थिए। कांग्रेसका उम्मेदवार हरिनारायण सापकोटाले ६ हजार ६०६ मत प्राप्त गरेका थिए। 

स्थानीय निर्वाचनको परिणाम हेर्दा गुल्मी-२ मा एमाले बलियो देखिन्छ। एमालेको ३५ हजार ७०१ मत छ भने कांग्रेसको ३१ हजार २९४, माओवादीका ४ हजार ९७० राष्ट्रिय जनमोर्चाको १ हजार ६ सय र एकीकृत समाजवादीका ४९७ मत छ। त्यसैगरी अघिल्लो संघीय चुनावमा गोकर्ण विष्टले ३४ हजार ६१८ मत लिएर निर्वाचित भएका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका नेता चन्द्र भण्डारीले २० हजार १५७ मत ल्याएका थिए। 

प्रकाशित: Oct 16, 2022| 10:56 आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।