काठमाडौं-संसदीय सुनवाई विशेष समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस भएका नविनकुमार घिमिरे माथि सार्वजनिक उजुरीको आव्हान गरेको छ ।
शुक्रबार बसेको समितिको बैठकले शनिबारदेखि लागु हुने गरि १० दिन भित्र उजुरी दर्ता गराउन सार्वजनिक सुचना प्रकाशित गर्ने निर्णय बैठकले गरेको जेष्ठ सदस्य कर्णले जानकारी दिए ।
भदौ २० गते बुधबार बसेको संवैधानिक परिषदको बैठकले कार्यबहाक प्रमुख आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको थियो । घिमिरे २०७१ सालमा अख्तियारको आयुक्तमा नियुक्त भएका थिए ।
तत्कालीन प्रमुख आयुक्त दीप बस्न्यातलाई सर्वोच्च अदालतले अयोग्य ठहर गरेबाट दोस्रो वरियतामा रहेका घिमिरेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यबहाक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४