मंगलबार, असोज १, २०८१

पाँचथर: गठबन्धनको बलमा भीष्मराजलाई सहज, वसन्तलाई सकस

२०७४ को निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार वसन्तसँग पराजित भएका भीष्मराज यसपटक वाम-लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार बनेका हुन्। पाँचथर इन्चार्ज तथा पूर्व मन्त्री वसन्तलाई पराजित गरेर पाँच वर्षअघिको पराजयको बदला लिने रणनीतिमा भीष्मराज छन्।
 |  शनिबार, असोज २९, २०७९
nespernesper

विनय बाह्रकोटी

विनय बाह्रकोटी

शनिबार, असोज २९, २०७९

इटहरी- एकमात्र निर्वाचन क्षेत्र रहेको पाँचथरमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बे र नेकपा एमालेको तर्फबाट वसन्त नेम्वाङ चुनावी मैदानमा छन्। २०७४ को निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार वसन्तसँग पराजित भएका भीष्मराज यसपटक वाम-लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार बनेका हुन्। पाँचथर इन्चार्ज तथा पूर्व मन्त्री वसन्तलाई पराजित गरेर पाँच वर्षअघिको पराजयको बदला लिने रणनीतिमा भीष्मराज छन्। 

triton college

२०७४ मा वसन्तको जितका लागि निर्णायक बनेको माओवादी यसपटक भीष्मराजको जितका लागि निर्णायक भूमिका छ। नेपाली कांग्रेसका जिल्ला सभापति रूपनारायण जबेगू स्थानीय तहको निर्वाचनको मतपरिणामलाई आधार बनाउँदै भीष्मराजले जित्‍ने दाबी गर्छन्। 

आठ वटा पालिकामध्ये ७ वटा गठबन्धनले र त्यसमा पनि ६ वटा नेपाली कांग्रेसले मात्र जितेको कारण भीष्मराजको जित निश्चित भएको उनको तर्क छ। उनले वडाको मतपरिणामलाई देखाउँदै भने, '६० वडा रहेको पाँचथरमा ३८ वडा गठबन्धनले जित हासिल गरेको कारण पनि भीष्मराजको जित निश्‍चित छ।' अहिले गठबन्धनको आवश्यकता र औचित्यबारे जनता र कार्यकर्ता प्रशिक्षित भइसकेको कारण नेकपा एमालेको कुनै सम्भावना नरहेको उनले दाबी गरे।

भीष्मराज लामो समय स्थानीय राजनीति गरेर केन्द्रीय पहुँचमा पुगेका नेता हुन्। २०७० सालको संविधानसभा निर्वाचनमा विजयी भएका उनी हालसम्म कुनै पनि मन्त्रालयको जिम्मेवारीमा पुगेका छैनन्। कांग्रेसमा सहमहामन्त्रीमा विजयी भएपछि जिल्लामा उनको प्रभाव बढेको आँकलन गरिएको छ। 

गठबन्धनले सरकारमा जाँदा सहमहामन्त्री भएको नाताले रोजेको मन्त्रालय पाउने भन्दै जनतालाई आश्वस्त पारिरहेका छन्। रवि राँके भेडेटार सडक खण्ड निर्माणलाई मुख्य मुद्दा बनाएका भीष्मराज हरेक वडामा सडक पुर्‍याउने भन्दै चुनावी मैदानमा छन्। 

Metro Mart
vianet

गठबन्धनबाट प्रदेशमा नेकपा एसका कमल प्रसाद जबेगू र माओवादीका इन्द्र बहादुर आङ्बो उम्मेदवार भएका छन्।  आङबो प्रदेशको आर्थिक मामिलामन्त्री समेत हुन्। पाँच वर्ष नै मन्त्री पदमा रहेका उनले पाँचथर केन्द्रित भएर धेरै योजना भित्र्याएका छन्। जसले गर्दा माओवादीको मत बलियो बनेको हो। 

एमालेको आफ्नै दाबी 
स्थानीय निर्वाचनमा पार्टीमा आन्तरिक समस्या भएको कारण परिणाम खराब आएको एमाले जिल्ला सचिव विमल सापकोटाले बताए। वसन्तको धेरै राम्रो छवि भएका कारण चुनावी परिणाम एमालेको पक्षमा आउने उनको विश्वास छ। वसन्त यातायात मन्त्री हुँदा सडक, खानेपानी र विद्युतीकरणको क्षेत्रमा धेरै काम भएको उनले प्रस्ट पारे। पछिल्लो समय गठबन्धनमा धेरै समस्या आएको भन्दै त्यसले एमालेलाई फाइदा पुग्‍नेमा उनी ढुक्क छन्। 

नेकपा एमालेले प्रदेशमा राजकुमार भण्डारी र आइन्द्र सुन्दर नेम्बाङलाई प्रदेशसभाको उम्मेदवार बनाएको छ। तर, नेकपा एमालेले गठबन्धन गरेको जनता समाजवादी पार्टी र राप्रपाले पनि पाँचथरमा छुट्टै उम्मेदवार उठाएका छन्। जसले गर्दा एमाले झनै कमजोर अवस्थामा पुगेको छ। प्रतिनिधिसभामा जसपाबाट प्रेमराज लावती र राप्रपाबाट कमल बहादुर चेम्जोङको उम्मेदवारी परेको छ। 

वडास्तरीय मतलाई हेर्दा गठबन्धनको ४१ हजार ६७७ मत छ भने एमालेको ३० हजार ९५८ मत मात्र छ। जसपाको २ हजार ६४३ र राप्रपाको १ हजार ९०९ मत मिसाउँदा पनि एमाले कमजोर नै देखिन्छ। जसपा र राप्रपा मिलेको अवस्थामा पनि धेरै मेहनत गर्नुपर्ने अवस्थामा पुगेको एमालेको लागि गठबन्धन चर्को पर्ने देखिएको छ। 

यस्तो छ विगत 
विगतमा २ निर्वाचन क्षेत्र रहेको पाँचथरमा २०१५ सालमा क्षेत्र नम्बर १ बाट गणेश प्रसाद रिजाल र २ बाट प्रेमराज आङ्देम्बे विजयी भएका थिए। २०४८ मा दुवै क्षेत्रमा एमालेका वसन्त नेम्वाङ र डम्बरसिंह सम्हाम्फेले चुनाव जितेका थिए। त्यसपछि २०५१ मा कांग्रेसका दीपक प्रसाद बास्कोटा र एमालेका डम्बरसिंह विजयी भए। बास्कोटा पछि गृह राज्यमन्त्री समेत भए। 

२०५६ मा पुनः वसन्त र डम्बर सिंह विजयी भएर एमालेले दुवै क्षेत्र पायो। २०६४ मा क्षेत्र नम्बर १ मा कांग्रेसका पूर्ण कुमार शेर्मा र २ बाट एमालेका डम्बरसिंह विजयी भए। शेर्मा स्थानीय विकाश मन्त्री समेत भए। २०७० मा भीष्मराज र गणेश काङमाङ विजयी भए। विजयी सांसद मन्त्री भइरहने इतिहास भएको कांग्रेसले यस पटक पनि सोही मुद्दा बोकेर जनतामाझ पुगिरहेको छ।   

२०७२ मा संविधान जारीसँगै राज्य पुनर्संरचना हुँदा पाँचथर एउटा क्षेत्रमा सीमित हुन पुग्यो। त्यसपछि २०७४ मा भएको निर्वाचनमा वसन्त र भीष्मराजको प्रतिस्पर्धा हुँदा तत्कालीन वाम गठबन्धनसँग भीष्मराज १० हजार बढी मतान्तरले पराजित भएका थिए। अहिले त्यसैको बदला लिने दाउमा छन्, भीष्मराज।


प्रकाशित: Oct 15, 2022| 07:37 शनिबार, असोज २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।