सोमबार, साउन १८, २०८३

भीम रावलले भने- ओ‌लीले टिकट नदिनु अन्यायपूर्ण

नेकपा एमालेका नेता भीम रावलले एकल सिफारिस हुँदा पनि उम्मेदवार नबनाउनु दुखद भएको बताएका छन्।
 |  बिहीबार, असोज २७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २७, २०७९

काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले एकल सिफारिस हुँदा पनि उम्मेदवार नबनाउनु दुखद भएको बताएका छन्।

काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै रावलले आफूमाथि अध्यक्ष ओलीले अन्यायपूर्ण, स्वेच्छाचारी निर्णय गरेको आरोप लगाए। आफूलाई टिकट नदिएकोमा रावलले ओलीको कडा आलोचना गरेका छन्। 

'अछाम १ बाट एमालेका निम्ति कुनै योगदान नगरेको, सिफारिस नै नगरेको व्यक्तिलाई टिकट दिइयो। पार्टी पदाधिकारी र ओलीले गरेको निर्णय स्वेच्छाचारी, अन्यायपूर्ण र गलत छ,' उनले भने।

पार्टीमा विधि र अनुशासन कायम नरहेको रावल आरोप छ। 'पार्टीमा परामर्श नै हुँदैन। आफूविरुद्ध अनावश्यक भ्रम फैलाउने काम भइरहेको छ,' उनले भने।

आफूलाई प्रतिनिधिसभा सदस्यका लागि अछाम १ बाट टिकट नदिनु सुदूरपश्चिमका नेता र कार्यकर्ताको घोर अपमान रावलले बताए।

प्रकाशित: Oct 13, 2022| 13:34 बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...