सोमबार, साउन १८, २०८३

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान

बैठकको एजेन्डा सार्वजनिक नभए पनि ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका विषयमा छलफल हुने।
 |  बिहीबार, असोज २७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २७, २०७९

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसले आगामी २८ असोजमा केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान गरेको छ। २८ असोज शुक्रबार पार्टी मुख्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

हाल कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति पदाधिकारी र वरिष्ठताका आधारमा चयन भएका केन्द्रीय सदस्यसहित गरी ३७ सदस्यीय छ।बैठकको एजेन्डा सार्वजनिक नभए पनि ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित: Oct 13, 2022| 12:58 बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...