बुधबार, असार ३, २०८३

मतदाताको विश्वासमा कुठराघात गर्ने छैन : प्रदीप पौडेल

नेपाली कांग्रेसका नेता तथा काठमाडौं-५ का उम्मेदवार प्रदीप पौडेलले मतदाताको विश्वासमा कुठराघात हुननदिने बताएका छन्।
 |  बिहीबार, असोज २७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २७, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा काठमाडौं-५ का उम्मेदवार प्रदीप पौडेलले मतदाताको विश्वासमा कुठराघात हुननदिने बताएका छन्।

National life

कांग्रेस काठमाडौं-५ ले आयोजना गरेको क्षेत्रीय प्रतिनिधि भेलामा पौडेलले यस्तो बताएका हुन्। ‘मलाई विशवास गर्नुस्, तपाईंको विश्वासलाई, भरोसालाई मैले कुठाराघात गर्ने छैन। तपाईंको सांसदको रुपमा मैले देशमा प्रभावकारी भूमिका निर्वाह गर्ने छु। तपाईंको शिर निहुरिने, तपाईंलाई लाज हुने स्थिति मैले निर्माण गर्ने छैन। गर्व हुने स्थिति निर्माण गर्ने छु,’ उनले भने। 

राजनीति भित्र धेरै विकृति रहेकाले राजनीति सफा गर्नुपर्ने उनको भनाइ थियो। ‘काठमाडौंले देश बनाउने नेतालाई विशवास गर्छ। विकृतिहरुलाई अन्त्य गर्ने गरि अगाडि बढेको नेतृत्वलाई विश्वास गर्छ। आज देशमा धेरै विकृतिहरु छन्। राजनीतिभित्रै धेरै विकृतिहरु छ। राजनीतिमा विकृति ल्याउने नेतृत्व पनि दलहरुभित्र छ। त्यसैले राजनीति सफा गर्न आवश्यक छ। मेरो पहिलो उदेश्य राजनीतिलाई सफा गर्ने हो। दोस्रो कुरो राजनधानीलाई पनि सफा गर्ने उदेश्य हो,’ उनले भने। 

उनले डाँडागाउँदेखि हाँडीगाउँसम्मको क्षेत्रलाई धार्मिक केन्द्रकोरुपमा विकास गर्ने बताए। खोलाका दुवै किनारमा करिडोर निर्माण गरेर काठमाडौंको ट्राफिक जामलाई अन्त्य गर्नका निम्ति हामी विशेष योजना ल्याउने उनको भनाइ छ।

‘डाँडागाउँदेखि हाँडीगाउँसम्मको क्षेत्रलाई धार्मिक केन्द्रको रुपमा, सूचना प्रविधि केन्द्रका रुपमा, प्रशासनिक केन्द्रका रुपमा र स्वास्थ्य उपचारको केन्द्रका रुपमा विकसित गर्नेछु,’ उनले भने। संसारको प्रदुषित सहरका रूपमा परिचित काठमाडौंलाई सफा गरेर स्वच्छ, सफा, हराभरा र सुन्दर सहरका रूपमा परिणत गर्नका निम्ति विशेष योजना ल्याउने उनको दाबी छ।

Shivam cement

'यहाँका खोलाका दुवै किनारमा करिडोर निर्माण गरेर काठमाडौंको ट्राफिक जामलाई अन्त्य गर्नका निम्ति हामी विशेष योजना ल्याउने छौं,' नेता पौडेलले भने।

प्रकाशित: Oct 13, 2022| 12:54 बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...