सोमबार, साउन १८, २०८३

चुनावी मत सर्वेक्षण र नतिजा घोषणा गर्न आयोगले लगायो रोक

केही राजनीतिक दल र उम्मेदवारले मत सर्वेक्षण गरेको तथा त्यसको नतिजा सार्वजनिक गरेको देखिएपछि आयोगले लगायो रोक।
 |  बिहीबार, असोज २७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २७, २०७९

काठमाडौं– निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आचारसंहिता लागू भइसकेको अवस्थामा कुनै पनि मत सर्वेक्षण गर्न नपाइने जनाएको छ। 

आयोगले निर्वाचन आचारसंहिता, २०७९ लागू भइरहेको सन्दर्भमा आचारसंहिता विपरीत कतिपय व्यक्तिले सामाजिक सञ्जाल प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण गर्न र त्यसको परिणाम घोषणा गर्न नपाइने बताएको हो।

केही राजनीतिक दल र उम्मेदवारले मत सर्वेक्षण गरेको तथा त्यसको नतिजा सार्वजनिक गरेको पाइएको भन्दै मत सर्वेक्षेण गर्न वा त्यसको परिणाम घोषणा नगर्न नपाइने आयोगका उपसचिव एवं सहायक प्रवक्ता कमल भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

निर्वाचन आचारसंहिताको दफा ४ को (त)मा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचार–प्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री सेयर गर्नसमेत नहुने व्यवस्था छ।

उपरोक्त व्यवस्था विपरीत कोही कसैले कार्य गरे कानुनबमोजिम कारबाही गरिने आयोगको भनाइ छ।


प्रकाशित: Oct 13, 2022| 11:59 बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...