शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संयुक्त सैन्य अभ्यासको प्रस्ताव भारतले राखेको खुलासा 

संयुक्त सैन्य अभ्यासको प्रस्ताव भारतले राखेको खुलासा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिमस्टेकको शिखर सम्मेलनमा भारतले संयुक्त सैन्य अभ्यासको प्रस्ताव राखेको खुलासा गरेका छन्। 

प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा मन्‍त्री ज्ञवालीले भारतबाट यस्तो  प्रस्ताव आएको खुलासा गरेका हुन्। समितिको बैठकमा  सदस्यहरुले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री ज्ञवालीले  प्रस्ताव आए पनि त्यस्तो कुनै  निर्णय नभएको स्पष्ट पारेका छन्।  ‘सम्मेलनमा  संयुक्त सैन्य अभ्यासको प्रस्ताव कुरा सही हो तर  यससम्बन्धमा कुनै निर्णय भएको छैन, ज्ञवालीले भने। 

बिमस्टेकको शिखर सम्मेलनमा संयुक्त सैन्य अभ्यासको सहमति  भएको विषयले सरकार विवादित र आलोचित भइरहेका बेला परराष्ट्रमन्त्री  ज्ञवालीले प्रस्ताव आएको स्वीकार गरेका हुन्। यसअघि सरकारले संयुक्त सैन्य अभ्यासबारे बिमस्टेकमा केही कुरै नउठेको दाबी गर्दै आएको थियो।

भारतको पुणेमा बिमस्टेक सदस्य राष्ट्रहरुको संयुक्त सैन्य अभ्यास  एव‌ं सेना प्रमुखहरुको कन्क्लेभ हुँदैछ। त्यसमा नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापासहित नेपालबाट ३० जना सैनिक अधिकारीहरु सहभागी हुँदैछन्।

बिमस्टेक शिखर सम्मेलनमा दक्षिण एशीयाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई सक्रिय बनाउन नेपाल प्रतिवद्ध रहेको पनि उनको भनाइ थियो। उनले सार्कलाई बिमस्टेकको विकल्पमा रुपमा लिनुहुन्न मान्यतामा सरकार दृढ र स्पष्ट  रहेको पनि बताए। 

परराष्ट्रमन्त्री ज्ञवालीले बिमस्टेक शिखर सम्मेलनमार्फत् नेपालले कनेक्टिभिटी, व्यापार र लगानीलाई मुख्य जोड दिएको बताए।  ज्ञवालीका अनुसार  बिमस्टेक शिखर सम्मेलनको १८ बुँदे काठमाडौं घोषणा पत्र कार्यान्वयनका गर्नका लागि छिट्टै सदस्य राष्ट्रहरुबीच श्रीलंकामा बैठक बस्‍ने तयारी भइरहेको छ।

बैठकमा समितिका सदस्य डा. नारायण खड्काले बिमस्टेक शिखर सम्मेलनलाई सार्कको विकल्पको रुपमा लिने गल्ती नगर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।