मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रतिनिधि सभामा ११९ र प्रदेश सभामा २५७ जनाले फिर्ता लिए उम्मेदवारी

प्रतिनिधि सभामा ११९ र प्रदेश सभामा २५७ जनाले फिर्ता लिए उम्मेदवारी

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकामध्ये ३७६ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
 |  बुधबार, असोज २६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज २६, २०७९

काठमाडौं- आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकामध्ये ३७६ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभामा ११९ सहित प्रदेशसभामा २५७ जनाले उम्मेदवारी  फिर्ता लिएका हुन्। 

आयोगको पछिल्लो तथ्यांक अनुसार अब  प्रतिनिधिसभामा कुल २ हजार ४१२ र प्रदेशसभा तर्फ ३ हजार २२४ जनाको उम्मेदवारी निश्चित भएको छ। 

यसअघि प्रतिनिधि सभातर्फ २ हजार ५२६ जनाको उम्मेदवारी दर्ता भएको थियो भने प्रदेशतर्फ  ३ हजार ४७६ जनाको उम्मेदवारी परेको थियो। 

आइतबार मनोनयन दर्ता गराउने समयावधि दिएको आयोगले बुधबार दिँउसोसम्म उम्मेदवारी फिर्ता लिने समयावधि तोकेको थियो।

प्रकाशित: Oct 12, 2022| 21:45 बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...