बुधबार, असार ३, २०८३

तनहुँमा महिला उम्मेदवार चार प्रतिशत

आगामी मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा तनहुँमा कूल उम्मेदवारमध्ये चार प्रतिशत महिलाले मात्र उम्मेदवारी दर्ता गराएका छन्।
 |  बुधबार, असोज २६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज २६, २०७९
National life
Shivam cement

काठमाडौं- आगामी मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा तनहुँमा कूल उम्मेदवारमध्ये चार प्रतिशत महिलाले मात्र उम्मेदवारी दर्ता गराएका छन्।  

तेत्तीस प्रतिशत महिलाको नाममा वकालत गर्ने मुख्य राजनीतिक दलले नै महिला उम्मेदवारीका लागि उपेक्षा भाव राखेको पाइएको छ। संविधानमा उल्लेख गरेअनुरुप महिला उम्मेदवारका लागि कुनै पनि राजनीतिक दलले स्थान दिएको नपाइएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए। 

प्रतिनिधिसभा सदस्यमा २६ र प्रदेशसभा सदस्यमा ३६ गरी कूल ६२ उम्मेदवारले उम्मेदवारी दर्ता गरेकामा प्रदेशसभामा दुई र प्रतिनिधिसभामा एक महिलाले उम्मेदवारी दिएका छन्। प्रतिशतका हिसाबले निर्वाचनमा करिब चार प्रतिशत महिलाको सहभागिता देखिएको जिल्ला निर्वाचन अधिकृत ढकालले बताए। उनका अनुसार कूल ६२ उम्मेदवारमा कम्तीमा २० महिलाको उम्मेदवारी हुनुपर्ने थियो।  


प्रकाशित: Oct 12, 2022| 22:50 बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...