मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • बागी फिर्ता नलिने उम्मेदवारसहित प्रस्तावक र समर्थक ५ वर्षका लागि निष्कासन : कांग्रेस

बागी फिर्ता नलिने उम्मेदवारसहित प्रस्तावक र समर्थक ५ वर्षका लागि निष्कासन : कांग्रेस

नेपाली कांग्रेसले बागी फिर्ता पार्टीका सदस्यहरुलाई सदस्य समेत नरहने गरी ५ बर्षका लागि निष्कासन गरेको छ।
 |  बुधबार, असोज २६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज २६, २०७९

काठमाडौं- नेपाली कांग्रेसले बागी फिर्ता पार्टीका सदस्यहरुलाई सदस्य समेत नरहने गरी ५ बर्षका लागि निष्कासन गरेको छ। 

नेपाली कांग्रेसले बुधबार एक विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारी फिर्ता नलिने कांग्रेसीहरुलाई पाँच वर्षका लागि निष्कारसन गरिएको जनाएको हो। उम्मेदवार मात्र नभएर उम्मेदवारका प्रस्ताव र समर्थकलाई पनि पाँच वर्षका लागि पार्टी सदस्यबाट निष्कासन गरिएको जनाइएको छ। 

कांग्रेसले मंगलबार एक विज्ञप्ति जारी गर्दै बुधबार दिउँसो २ बजेसम्म बागी उम्मेदवारी फिर्ता लिन आग्रह गरेको थियो। कांग्रेसले आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चासँग तालमेल गरेको छ। 

कांग्रेसले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारुढ गठबन्धनदलहरु र मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी बीच भएको सहमति अनुरुप नेपाली कांग्रेस पार्टीका आधिकारीक उम्मेदवार लगायत सत्तारुढ गठबन्धन दल तथा मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीका बीच भएको सहमतिका आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवारी दिइ तोकिएको मिति र समय भित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार र निजको प्रस्तावक र समर्थकलाई नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ (१) (घ) उल्लघन गरेकोमा धारा ३४ (४) (क) अनुसार नेपाली कांग्रेसको सदस्य समेत नरहने गरी ५ बर्षका लागि निस्कासन गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ।'


 

प्रकाशित: Oct 12, 2022| 18:04 बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...