बुधबार, जेठ ९, २०८१

फुटबलका जादूयी गोल–मेसिन हाल्यान्ड

जारी प्रिमियर लिगमा हाल्यान्डले ९ खेलमा १५ गोल गरेपछि शीर्ष गोलकर्ता बनेका छन्। योसँगै हाल्यान्डले प्रिमियर लिगमा सबैभन्दा छिटो १५ गोल गर्ने पहिलो खेलाडीको नाम दर्ज गराएका छन्।
 |  बुधबार, असोज २६, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

बुधबार, असोज २६, २०७९

काठमाडौं– यतिबेला सिंगो युरोपियन फुटबलको ध्यान एउटा खेलाडीले तानिरहेका छन्। उनी हुन्, नर्वेका २२ वर्षीय स्ट्राइकर इर्लिङ हाल्यान्ड। गत सिजनको ट्रान्सफर विन्डोमा जर्मन क्लब बोरुसिया डर्टमन्डबाट ८५ मिलियन युरोमा इंग्लिस क्लब म्यान्चेस्टर सिटीमा भित्रिएका थिए, हाल्यान्ड। यो ट्रान्सफर सन् २०२३ को सबैभन्दा सफल ट्रान्सफर भएको अनुमान गरिँदै छ। 

triton college

प्रिमियर लिगलाई विश्वकै सबैभन्दा प्रभावशाली मानिन्छ। यहाँ खेलेर आफ्नो नाम राख्न खेलाडीलाई धेरै गाह्रो हुन्छ। कारण, यो लिगमा सबैभन्दा उच्च प्रतिस्पर्धा हुने गर्छ। तर हाल्यान्डले प्रिमियर लिगमा उच्च लयमा खेल्न कठिन हुन्छ भन्ने सोचलाई गलत सावित गर्दै छन्। जारी प्रिमियर लिगमा उनले ९ खेलमा १५ गोल गरिसके। उनी जारी लिगको शीर्षगोल कर्तासमेत हुन्। योसँगै हाल्यान्ड प्रिमियर लिगमा सबैभन्दा छिटो १५ गोल गर्ने पहिलो खेलाडी बनेका छन्।

यसअघि लिभरपुलका माइकल ओएनले प्रिमियर लिगमा सबैभन्दा छिटो १५ गोल गरेका थिए, जसमा ३ सानदार ह्याट्रिक पनि समावेश छन्। उनले प्रतिखेल १.६७ को दरले गोल गरिरहेका छन्। ९ खेलमा ३८ सट प्रहार गरेका उनले ७० प्रतिशत ‘सट अन टार्गेट’ छ भने ६ वटा मात्रै ठूला अवसर गुमाएका छन्। यो अन्य कुनै पनि खेलाडीको तुलनामा धेरै हो।

प्रिमियर लिगमा मात्रै उनले मात्र ८ खेल खेल्दा ३ ह्याट्रिक गरिसके। क्रिस्टल प्यालेसविरुद्धको खेल सिटीले ४–२ गोल अन्तरले जित्ने क्रममा हाल्यान्डले पहिलो प्रिमियर लिग ह्याट्रिक गरेका थिए। त्यसपछिको अर्को खेल सिटीले जारी लिगमा बढुवा भएको क्लब नथिङगम फरेस्टविरुद्ध ६–० को विशाल अन्तरले जित्यो। सोही क्रममा हाल्यान्डले ‘ब्याक टु ब्याक ह्याट्रिक’ गर्दै सर्जियो अगुइरोको कीर्तिमानलाई बराबरी गरे। यसअघि प्रिमियर लिगमा सिटीकै अर्जेन्टाइन स्ट्राइकर सर्जियो अगुइरोले ‘ब्याक टु ब्याक ह्याट्रिक’ गरेका थिए।

जारी प्रिमियर लिगमा हाल्यान्डले ९ खेलमा १५ गोल गरेपछि शीर्ष गोलकर्ता बनेका छन्। योसँगै हाल्यान्डले प्रिमियर लिगमा सबैभन्दा छिटो १५ गोल गर्ने पहिलो खेलाडीको नाम दर्ज गराएका छन्।

हाल्यान्डले लिगको आठौं खेलसम्म आउँदा आफ्नो तुफानी रफ्तारलाई निरन्तरता दिन सफल भए। आठौं खेलमा म्यानचेस्टर डर्बी थियो। इतिहासदेखि नै प्रिमियर लिगमा यो डर्बीको छुट्टै रौनक हुने गर्छ। सिटी एकतर्फी हावी भएको खेल ६–३ गोलअन्तरले जित्यो। सोही क्रममा हाल्यान्डले सानदार ह्याट्रिक गरे। उनले ह्याट्रिकसँगै म्यान्चेस्टर डर्बीमा सिटीबाट ह्याट्रिक हान्ने पहिलो खेलाडीको कीर्तिमान पनि बनाए। यसअघि म्यान्चेस्टर युनाइटेडका फ्रान्सिस लिले सन् १९७० पहिलो डर्बी ह्याट्रिक हानेका थिए।

corrent noodles
Metro Mart

उनी प्रिमियर लिगमा मात्रै नभई च्याम्पियन्स लिगमा पनि उच्च लयमा छन्। उनले च्याम्पियन्स लिगमा ४ खेल खेल्दै ५ गोल गरेका छन्। उनी प्रिमियर लिगजस्तै च्याम्पियन्स लिगमा पनि शीर्ष गोलकर्ता रहेका छन्।

‘हाल्यान्ड उत्कृष्ट खेलाडी हुन्। विगतमा मैले प्रशिक्षणका क्रममा केही उत्कृष्ट स्ट्राइकरसँग काम गरेको छु। त्यसमा अहिले हाल्यान्ड पनि पर्छन्। उनी गोल मेसिन नै हुन्। उनले टिममा धेरै ठूलो प्रभाव पारेका छन्।’ म्यान्चेस्टर सिटिका मुख्य प्रशिक्षक पेप ग्वार्डीओलाले इएसपीएनसँग कुराकानीमा भनेका छन्।

त्यस्तै, हाल्यान्ड छिट्टै कुरा बुझ्ने र राम्रो स्वभावका रहेको ग्वार्डिओलाले बताए। उनले भने, ‘उनी धेरै समझदार छन्। चाँडै कुरा बुझ्छन र असल स्वभावका पनि छन्। उनी हाम्रो टिमका लागि अत्यन्तै योग्य छन् र अझै लामो समय काम गर्ने योजनामा छौं। मैले यसबारे उनीसँग कुराकानी गरेको छु। उनी यस विषयमा सकरात्मक देखिएका छन्।’

हाल्यान्ड र ह्याट्रिक
हाल्यान्डले आफ्नो सिनियर करियरमा १५ ह्याट्रिक पूरा गरिसकेका छन्। उनी मात्रै २२ वर्षका छन्। उनको उमेरमा कुनै पनि खेलाडीले यो संख्यामा ह्याट्रिक गरेका थिएनन्। फुटबलमा अहिले खेलिरहेका खेलाडीमध्ये सबैभन्दा धेरै ह्याट्रिक गर्ने खेलाडी क्रिस्टियानो रोनाल्डोले २२ वर्षको उमेरमा कुनै पनि ह्याट्रिक गरेका थिएनन्। उनले २३ वर्षको उमेरमा म्यानचेस्टर युनाइटेडबाट गरेका थिए।

यही लयले निरन्तरता पाउने हो भने हाल्यान्डले पेलेको सर्वाधिक ९२ ह्याट्रिक संख्या तोड्न सक्छन्। सन् २०१७ देखि २०१९ सम्म नर्वियन क्लब मोल्डेबाट खेलेका हाल्यान्डको पहिलो अन्तर्राष्ट्रिय लिग पनि यही नै हो। आफ्नै घरेलु क्लब मोल्डेबाट सन् २०१८ जुलाई १ मा एसके ब्रानविरुद्ध ४ गोल गर्दै उनले अन्तर्राष्ट्रिय सिनियर करियरमा पहिलो ह्याट्रिक गरे।

त्यसपछि उनले सन् २०१९ देखि २०२० सम्म जर्मन क्लब आरबी साल्सवर्गमा बिताए, जहाँ उनले ५ ह्याट्रिक गर्दै आफूलाई युरोपियन बजारमा स्थापित गराउन सफल भए। त्यसपछि उनी सन् २०२० देखि सन् २०२२ सम्म जर्मनकै क्लब बरुसिया डर्टमन्डमा अनुबन्ध भए। डर्टमन्डमा उच्च लयमा खेल्दै धेरै गोल गरेका उनले ४ ह्याट्रिकसमेत गरे।

जर्मनमा ५ वर्ष बिताएका हाल्यान्डले युरोपमा ठूलो प्रभाव बनाइसकेका थिए। त्यसपछि उनलाई ठूला क्लबबाट अनुबन्धका प्रस्ताव आउन थाले। अन्ततः उनी म्यान्चेस्टर सिटीमा अनुबन्ध भए र सुरुआती १५ खेल नखेल्दै ३ ह्याट्रिक गरिसकेका छन्। उनले अन्तर्राष्ट्रिय करियरमा नर्वेका लागि २ ह्याट्रिक पनि गरेका छन्।

- अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा


प्रकाशित: Oct 12, 2022| 17:38 बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।