काठमाडौं– निर्वाचन आयोगले रूपन्देही–१ मा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाललाई चुनाव चिह्न त्रिभुज दिएको छ। भुसालले एमाले त्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
निर्वाचन कार्यक्रमअनुसार बुधबार उम्मेदवारलाई निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिह्न दिएको हो। भूसालले त्रिभुजको तीन कुनालाई लोकतन्त्र, सामाजिक न्याय र विकासको नारा दिएका छन्।